मानव ओसारपसार संवन्धि एसेन्टा मेलाको सुनुवाई हुँदै, कसले पार्न खोज्दै छानबिन समितिलाई प्रभाव ?
सन् २०१३ सेप्टेम्बर १४ देखि २२ सम्म बेल्जियमको गेन्ट शहरमा भएको १४५ फ्लेन्डर्स अन्तर्राष्ट्रिय ट्रेड फेयर (एसेन्टा) मा नेपालीहरूसित चर्को रकम लिएर ठगेको, अनेक प्रलोभनमा पारेर चर्को रकम लिएको, मानव तस्करी गरेको भनिएको विषयमा छानबिन गर्न समिति बनेको थियो । त्यो छानबिन समितिको काम कारबाही प्रकृयागत रहेको अवस्थामा एसेन्टा मेलासँग संवन्धित सरोकारवाला केही ब्यक्तिहरुबाट समितिलाईलाई प्रभावित पार्न सक्रिय भएको आरोप समितिले लगाएको छ । त्यति मात्रै होइन, केहि गतिविधीहरु गर्न गराउन लागिरहेको आरोप समेत समितिले लगाएको छ ।
यसका बारेमा नेपालप्लसले पटक पटक तथ्यहरुसहित पर्दाफास गरेपछि अन्तत एनआरएनए बेल्जियमको सचिवालयको बठैकले छानबिन समिति गठन गरेको थियो । एन आर एन बेल्जियमका पूर्व अध्यक्ष जानकी गुरुङ त्यसको संयोजक छन् । यो समितीले हाल छनाबिनको प्रक्रियागत काम गरिरहेको छ । यसमा सुनुवाईको कार्यक्रम घोषणा गरिएको छ । बेल्जियमस्थित नेपाली समूदाय, संघ संस्था र पत्रकारहरुलाई त्यसमा सहभागि हुन आव्हान गरिएको छ । यो सुनुवाई कार्यक्रम आगामी ६ जुलाइ २०१६ का दिन : बुधवार ११ बजे लुभेनस्थित ओन्स हाउसमा राखिएको छ ।
एसेन्टा मेला छानबिन समितिको तर्फबाट संयोजक जानकी गुरुङले प्रस बिज्ञप्ती जारि गर्दै यो सुनुवाईमा उपस्थित भएर सप्रमाण तथ्यहरु बताउन सरोकारवालाहरुलाई आग्रह गरेकि छन् । उक्त मेलामा नेपाली समूदायको तर्फबाट जिम्मेवारीमा रहेका तत्कालिन संयोजक (तत्कालिन एन आर एन बेल्जियमका आइ सिसि सदस्य) अर्जुन कुमार श्रेष्ठ, तत्कालिन सदस्य सचिव सालीकराम गौतम, तत्कालिन एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङ, नेपाली ब्यबसायी सघंका निवर्तमान अध्यक्ष र वर्तमान अध्यक्ष, तथा तिनका प्रतिनिधीहरुलाईसमेत् समितिले आयोजना गरेको सुनुवाई कार्यक्रममा उपस्थित भएर पद तथा जिम्मेवारीको दुरुपयोग गरे नगरेको र आर्थिक पारदर्शिताका संवन्धमा सप्रमाण राखिदिन भनिएको छ । यस अघिपनि जानकारि गराएको तर छानबिन समितिलाई नटेरेको छनकपनि विज्ञप्तीमा छ । त्यसैले उनीहरुलाई अन्तिम अनुरोध गरिएको भन्दै बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
हाल अर्जुन श्रेष्ठ गैह्र आवाशिय नेपाली संघ केन्द्रिय समितिको सचिव छन् । शालिकराम गौतम नेपाल पत्रकार महासंघ युरोप शाखाको सदस्य छन् । अन्य सदस्यलाई झैं गौतमलाईपनि हालै नेपाल पत्रकार महासंघ युरोप शाखाले अन्तर्राष्ट्रिय पत्रकार महासंघको परिचय पत्र उपलब्ध गराएको महासंघकै सदस्यले जानकारि दिएका छन् ।
बिज्ञप्तीका अनुसार समितिले सरोकारवाला, मेलामा संलग्न ब्यापारी, नेपाल सरकार, दुतावास, एसेन्टा मेलाका तत्कालिन आयोजक, त्यो मेलामा बेल्जियमबाट प्रत्यक्षरुपमा संलग्न नेपाली संघ संस्था, सर्वसाधारणसित बयान, सुझाव र सल्लाह लिएर प्रतिबेदन तयार पारेको छ र हाल त्यो प्रतिवेदन अन्तिम चरणमा रहेको छ ।
स्मरण रहोस्, एसेन्टा मेलामा एन आर एन युरोपका तत्कालिन संयोजक अर्जुन कुमार श्रेष्ठले मानव तस्करी गरेको भन्दै उजूरी परेको थियो, एन आर एन केन्द्रिय समितिको अनुशासन कमिटीमा ।
सुनुवाई हुने स्थलको ठेगाना
Ons Huis (First Floor)
Goudebloemstraat 3000
Leuven
एसेन्टा मेलाका अघिल्ला रिपोर्टहरु हेर्नुस्
एसेन्टा मेलामा मानव तस्करी काण्ड : पैसा खाएर भिसा दिएकाहरुको नाम यसरि लुकाईयो
नेपालप्लस प्रभाव : एन आर एन केन्द्रिय सचिव बिरुद्द मानव तस्करिको उजूरी, छानबिन समितिमा खोजबिन शुरु
भाषण सुन्ने भन्दा भाषण ठोक्ने धेरै, संयोजकमाथि मानव तस्करको आरोप
अन्तर्राष्ट्रिय मेलामा आएका नेपाली बिमानस्थलबाटै फरार
एसेन्टा मेलामा गरिएको मानव तस्करीको थप भण्डाफोर (अडियो सहित)
एसेन्टा मेलामा दुतावासलाई मुछ्ने झुठको फेरि पर्दाफास
यि मध्ये को को हुन् त दलालको फन्दामा परेका नेपाली ?
अर्थमन्त्रीलाई साक्षी राखेर दाजुभाईका झगडा छताछुल्ल
एसेन्टा मेलामा दुतावासलाई मुछ्ने झुठको फेरि पर्दाफास
बेल्जियमका महामहिम परक्क बाउँठिँदा अन्तर्राष्ट्रिय मेलामा नेपालको बेईज्जत




