नेपाली सामूदायिक केन्द्र बनाउन दिए योञ्जनले ५० लाख भन्दा बढि सहयोग
- सानु घिमिरे / अष्ट्रेलिया
नेपालीहरुको सामुदायिक केन्द्र निर्माणार्थ अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले ५० हजार डलर (रु ५० लाख भन्दा बढि) सहयोगको घोषणा गरेका छन् । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा निर्माण गरिने नेपालीहरुको साझा घर ‘सामुदायिक केन्द्र’ निर्माणका लागि उनले २४ जुनमा मेलबर्नको ब्रन्सविकस्थित लैला रिसेप्सनमा आयोजित कोष संकलन कार्यक्रममा नेपालीहरुका बिच घोषणा गरेका हुन् । उनी भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत हुन् ।
अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरका सल्लाहकार एबं लुल्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले यो जानकारी सार्वजनिक गगरेका हुन् । विश्वको जुनसुकै कुनामा गएपनि नेपालीले आफ्नो कला, संस्कृति, रीति, रिवाजलाई बिर्सन सक्तैनन । यसलाई आफ्नो पुस्तामा मात्रै कसरी कायम राख्ने भन्ने मात्रै नभएर भावी पुस्तामा समेत यस्लाई कसरी निरन्तरता दिने भन्ने चिन्ता र दायित्व छ यही पुस्तामा । तीब्र गतिमा परिबर्तित र खुला विस्व परिबेशका कारण आफ्नै देशमा कतिपय हाम्रा कला, संस्कृति, रीति, रिवाज आदि लोपोन्मुख अवस्थामा छ भने बिदेशमा यस्ता कुराहरुलाई कायम राख्दै भावी पुस्तामा निरन्तरता दिने कार्य आँफैमा ठूलो चुनौति हो । सांस्कृतिक बिबिधताका दृष्टिकोणले विश्वमानै धनी देशको सूचिमा पर्ने हाम्रो सांस्कृतिक बैभवका आधारभूत कुराहरुलाई स्थापित गर्न सकिएमा यसले अनेकतामा एकता, सामाजिक सदभाव, नेपाल प्रबर्द्धन, सांस्कृतिक निरन्तरता, प्रबर्द्धन र संरक्षण आदि उद्धेस्य प्राप्त गर्ने छ ।
त्यहि उद्धेस्य प्राप्तीकालागि केन्द्रित भएर अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्र निर्माण उद्धेश्यका लागि २४ जुनमा मेलबर्नको ब्रन्सविकस्थित लैला रिसेप्सनमा आयोजित कोष संकलन कार्यक्रममा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले ५० हजार डलर सहयोग गर्ने घोषणा गरेका थिए । उनले कथंकदाचित यो महत्वपूर्ण परियोजनाले आर्थिक समस्याले गर्दा पूर्णता प्राप्त गर्ने अवस्था नआएको खण्डमा थप ५० हजार र अझ बढी पनि सहयोग गर्न सकिने संभावना रहेको उद्घोष गरे ।
यससँगै सामूदायिक केन्द्रको सदस्यताका साथै विभिन्न सामग्रीहरुको लिलाम बिक्रिबाटपनि रकम संकलन गरिएको थियो । त्यसबाट एकैदिनमा एक लाख डलरभन्दा बढी संकलन गरिएको थियो । सो कार्यक्रममा स्थानीय कलाकारहरुद्धारा सांस्कृतिक कार्यक्रमपनि प्रदर्शन गरिएको थियो ।
अष्ट्रेलिया निवाशी अर्का धनाढ्य शेष घलेबाटपनि यस्तै ठूलो आर्थिक सहयोगको अपेक्षा नेपालीहरुले गरेका छन् ।







