कालाकारका नाममा ठग्ने पत्नी ढोकामा लुक्ने, पती अस्पत्तलबाटै प्रहरी फन्दामा
भ्याड नेपाल भन्ने संस्था खोलेर सोझासाझालाई ठग्दै आएकि रोमा न्यौपाने लुकी लुकी हिँड्थिन । किनभने उनका पती चिरन पोख्रेल (वास्तबिक नाम, चिरन्जिवी पोख्रेल) लाई पुनराबेदन अदालतले पक्राउको आदेश दिएको थियो । एक खुट्टाले नाचेर नाम कमाउन सफल भएकी रोमा न्यौपानेले आफ्नो लोकप्रियतालाई भजाएर पतीलाई अगाडि सार्दै ठगीका अनेक धन्दा गरेकि थिईन । गैह्र कानुनी रुपमा अनेक संस्था खोलेर त्यसैका नाममा ब्यापारिक साझेदार बनाउने र रकम असुलेर बिचल्ली पार्ने गरेपछि अदालतमा मुद्दा परेको थियो । अदालतले रोमाका पती चिरनलाई पक्राउ गरेर जेल हाल्ने निर्णय सुनाएको थियो । तर प्रहरीका आँखा छल्न रोमा र उनका पती पोख्रेल डेरा छोडेर लुक्दै हिँडेका थिए । तर यहि हप्ता प्रहरीले उनीहरुको डेरामा छापा मार्दा लक्ष्मी ढोकाको पछाडी लुकेको फेला पार्यो । उनलाई पक्राउ पूर्जी नभएकाले समातेन, केरकार गर्यो । तर सोहि दिन उनका पती चिरनलाइ भने मनमोहन अस्पत्ताल स्वयम्भुबाट प्रहरीले पक्राउ गरेको छ ।
पुनराबेदन अदालतको आदेश आएदेखिनै चिरनले फोन र एस एम एस गरेर अदालतमा मुद्दा दायर गराउनेलाई दुख दिने काम शुरु गरेका थिए । जसको फलस्वरूप यो मुद्दासँग कुनै सम्बन्ध नै नभएका व्यक्तिलाई समेत खोजीनिती गरेर अझै पीडा दिने र आफु मात्रै नभई अरुअरु व्यक्तिहरुलाई समेत फोन गर्न लगाएर धम्की दिन थालेका थिए । कतिपयलाई धम्की दिएर पारिवारिक असुरक्षा बढाउँदै लगेकाले पिडितले प्रहरीमा खबर गरेका थिए, सुरक्षा माग्दै ।
अदालतले पक्राउ गर्नु भन्ने फैसला गर्दापनि प्रहरीले पक्राउ गर्न सकेन वा गरेन । त्यसपछि गएको चैत्र ०८ को मितिमा जिल्ला सरकारी वकिल कार्यालयका सह्न्यायाधिबक्ताले चिरन पोख्रेललाई पक्राउ गर्नु भन्ने पुर्जी लेखिदिए । टेकु परिसर हुँदै त्यो पत्र सोह्रखुट्टे प्रहरी कार्यालय पुग्यो । तर पत्र पुगेको ३ हप्ता बढी हुँदा समेत त्यति गम्भिर रुपले प्रहरीले नलिएपछी बारम्बार चिरन पोख्रेल र रोमा न्यौपानेको डेरामा पिडितहरुनै गएर हेर्न थाले । तर प्राय ढोकामा ताला लगाएको हुन्थ्यो । ति अन्तै बस्ने गर्थे । अनेक प्रयत्नपछि बल्ल बल्ल एक दिन बिहानै पुगेर प्रहरीले खोजी गर्दा एक दिन रोमालाई फेला पारे । अघिल्लो शुक्रबार २०७३ बैशाख ३ गते रोमा न्यौपाने टोखामा नाच्न आउने भन्ने कुरो उनका दर्शकले जानकारी दिए ।
त्यसपछि प्रहरी बिहान ६ बजे उनको कोठामा पुग्यो । सई प्रेम बहादुर श्रेष्ठको नेतृत्वमा ३ जना प्रहरी पुगे। उनीहरु सँगै गल्कोपाखा ठमेलको डेरामा पुग्दा एक जना अपरिचित केटा अगाडी देखा परे । चिरन्जिबी पोख्रेलको खोजीनिती गर्दा ‘पोखरातिर गाको छ’ भनेपछि प्रहरीलाई जवाफ चित्त नबुझेर सबै कोठा -चोटामा खानतलासी लिंदै जाने क्रममा कुनै ठाउँ बाँकी राखेनन् । दराज, घर्रा, टोइलेट, ताला बन्द गरिराखेको कोठा समेत घरबेटी बोलाई खोजि गरे प्रहरीले । भान्छा कोठामा खोजि गर्ने क्रममा रोमा न्यौपाने त ढोका पछाडी पो लुकेको फेला पार्यो ।
प्रहरीसितै गएका पिडितलाई प्रहरीले सोध्यो ‘ लुकेर बस्ने यहि ब्यक्ति पनि हो ?’ ‘आदेशमा तिनको नाउँ हाललाई छैन सर’ भनेपछि उनलाई छोडिदिए । तर रोमा त त्यै गर्जिन थालिन ‘ मपनि जेल जानु पर्यो भने तँलाई काटेर मात्रै जेल जान्छु’ । प्रहरीकै अगाडि त्यसो भनेपछि प्रहरीले रोमालाई थर्कायो ‘अदालतमा जानुस । ठुलो स्वरले नकराउ यहाँ’ । त्यसपछि प्रहरीहरु खाली हात फर्किए ।
शनीवार रोमाका पती मनमोहन अस्पत्ताल गएका रहेछन् । कसैले देखेर खबर गरिदियो । त्यो खबर सोह्र खुट्टे प्रहरीले पायो । तर उनलाई पक्राउ गर्नु अघि बुझ्न जाँदा उनी फेला परेनन् । रिसेप्सनमा रोमा र चिरनको नाम हेर्दापनि फेला परेन । उनलाई पक्राउ गर्न सुराकी गर्न जाने ब्यक्तिले चिरन पोख्रेललाई औषधि बोकेर अस्पत्तालको लबीबाट स्वात्तै माथिको तल्ला उक्लेको देख्यो । तत्कालै प्रहरीले खबर पायो । प्रहरी पक्राउ गर्न जाँदा उनी अस्पत्तालको कतै कुनामा लुके । प्रहरीले सबैतिर खोजिगर्यो । अन्तत प्रहरीले पोख्रेललाई तेस्रो तल्लाको बरन्डामा बसेर तलतिर प्रहरी भ्यान कहाँ छ भनेर हेर्दै गरेको देख्यो । प्रहरी सरासर गएर समात्यो । हत्कडी लगाएर भ्यानमा कोचिहाल्यो । पक्राउ परेपछि पोख्रेलले प्रहरीलाई ‘म आइतबार आउँछु’ भनेर भाग्न खोज्दै थिए । तर प्रहरीले मानेन । उनलाई सोह्रखुट्टे हुँदै टेकु प्रहरी कार्लायमा लगेर थुन्यो ।
ठगेका प्रमाण, अदालतको निर्णय र जेल सजायँ गर्नुपर्ने आदेश लगायतका प्रमाण हेर्न तलका लिंकमा जानुहोला ।






