आखिर फसाए त नेताले देशलाई ग्रिह युद्दमा

आखिर राष्ट्रपतीले आफ्नो संबैधानिक हैसियत मिचेरै छडेर प्रधान सेनाप्ती रुक्मांगत कटुवाललाई आफ्नो पदमा यथावत काम गर्न निर्देशन गरेका छन् । आफु संबिधानको पालक रहेको, सरकार अल्पमतमा परेको र नेपाली सेनाको परमाधिपती समेत आफु रहेकाले प्रधान सेनापतीको निष्कासन संबैधानिक र प्रक्रियागतरुपमै अपूर्ण रहेको भन्दै मन्त्री परिषदको निर्णयलाई अस्विकार गरेका छन् ।

 

यो निर्णयसँगै अब मूलुक गम्भिर संबैधानिक संकटमा फसेको छ । देशमा दुई वटा सेना थिए-नेपाली सेना र जनसेना । अब त सरकारी सेनामै दुई जना प्रधान सेनापती भएका छन् कटुवाल र कुलबहादुर खड्का । नेपाली सेनाले अब कसको निर्देशन पालना गर्ने हो । अब कुन सरकारको आदेश पालना गर्ने हो ? देशको राष्ट्रिय सेनानै बिभाजित भएपछि देशको राष्ट्रियता के हुने हो ?

 

अब निश्चित छ, देशको शान्ति संझौतापनि भंग हुने छ । अब यो घटनाले सरकारको भविष्यनै संकटमा परेको छ । राष्ट्रपतीले कटुवाललाईनै बहाली गरेपछि त झन वर्तमान सरकारको भविष्य यथावत रहने कुरै भएन । अब माओवादी सरकार यसैपनि समाप्त हुन्छ । अहिलेसम्मको शान्ति संझौता अब यसैपनि भंग हुनेछ । भंग कसरि हुने र भंग भएको घोषणा कसले गर्ने भन्ने मात्रै बाँकि छ । अब कुनैपनि बेला क्यान्टोनमेन्टमा रहेका जनसेनाले आफ्ना हतियार बाहिर निकाल्दै शान्ति संझौता भंग भएको घोषणा गर्दै बाहिर निस्किए अनौठो हुने छैन । अब यो घटनासँगै साँढे दुई वर्ष देखि शान्ति संझौता भंग हुने र दिन दिनै रगतको खोलो बगेको समाचार हेर्नु, पढ्नु, सुन्नु र हेर्नुपर्ने छ ।

तपाइँको प्रतिक्रिया