कविता : मातृभूमि
- तुल सिंह नेपाली / यू ए ई
पलाईराका मुनाहरु,
सुसाईराका खहरे !
शीतल हावा चिसो पानी,
मलाई खोज्दै छन् रे !!
+++++++++
ऐंशेलु र काफल चुत्रो,
टम्म पाक्दै छन् रे !
टिप्न जाने मान्छेसंग,
सोघ्ने गर्दै छन रे !!
++++++++
चरीहरु भन्छन अरे,
धेरै दिन भयो !
आजभोली आउनै छोड्यो,
कता तिर गयो !!
++++++++++
गाई गोरु बाख्रा पाठा,
पखेराको सुगा !
खोला खोल्सा लप लप गरी,
खोज्दैछन रे जुग !!
+++++++++
बाँदर, घोरल म्रिगहरु,
नाच्दै छन् रे भिरमा !
बाध्यताले टाढा हुँदा,
दिन बित्याछ पिरमा !!
++++++++++
खाई खेलेको ठाउँ सम्झिदा,
पोल्छ छाती मेरो !
मातृ भुमि लाग्दो रैछ,
प्राण भन्दा प्यारो !!