युरोपको पाकिस्तानी समूदाय गगन थापाका पक्षमा !

12736114_10153442626368325_132146746_n

(पाकिस्तानी समूदायका अध्यक्ष मोहम्मद गद्दाफी बायाँतिरका)

यतिखेर नेपालीको ध्यान कांग्रेस अधिबेशनमा केन्द्रित छ । के होला ? कसले जित्ला ? कांग्रेसमा कसले जिते के हुन्छ ? भारतीय नेताहरुलाईपनि त चासो नहुने कुरै भएन । भित्रभित्रै कति लगानी गरेका छन् आफ्ना पक्ष र प्रभावमा पार्न । किनबेच पक्कै चलेको छ । तर युरोपमा बस्ने पाकिस्तानी समूदायलाई नेपाली कांग्रेसमा कसले जितोस्, कसले हारोस केको सरोकार ? पाकिस्तानीहरु एकदमै चासो राख्ने रहेछन् । र नेपाली कांग्रेसको अधिबेशनबाट गगन थापाले जित्नुपर्छ भन्दै टिभी हेरेर बस्दा रहेछन् ।

स्विजरल्याण्डका ब्यापारी मोहम्मद गद्दाफी पाकिस्तानी समूदायको अध्यक्षपनि हुन् । उनी यतिखेर आफ्ना मित्रहरु वरिपरि राखेर पाकिस्तानी टिभीमा नेपाली कांग्रेसको अधिबेशनको समाचार हेर्छन् । कतिखेर गगन थापाको भोट गन्न शुरु होला । यो उनको चासो हो । वरिपरि अन्य पाकिस्तानी मित्रहरु राखेर उनी गगन थापाका पक्ष लिन्छन् । युरोपका केहि पाकिस्तानीहरु कांग्रेस महाधिबेशनमा गगन थापाको मत गणना कहिले शुरु हुन्छ भनेर उनीहरु यतिखेर टिभीको स्क्रिन हेरेर बसेका छन् । नेपालमा युवाहरु अगाडि आएमा त्यसले पाकिस्तानमापनि प्रभाव पार्ने उनीहरुको बुझाई छ । 

दक्षिण एशिया आर्थिक विकास र उन्नतीमा पछाडी पर्नुको कारण बुढाहरुको नेत्रित्व भएर हो भन्ने पाकिस्तानीहरुको बुझाई छ । त्यसैले उनीहरु एशिया अगाडि बढ्न युवाहरुको नेत्रित्व हुनुपर्छ । भ्रस्टाचार धेरि हुनुको कारणपनि उनीहरु बुढाहरुकै नेत्रित्व लाई दोष दिन्छन् । ‘एशिया पछि पर्नुको कारणनै बुढाहरुले देश चलाएर हो । त्यो फेरिएर युवाहरु आ उनुपर्छ। नेपालमापनि गगन थापा जस्ता नेताले पार्टी चलाउनुपर्‍यो’ मोहम्मद गद्दाफीले शिव रिजालसित भने । नेपाली कांग्रेसका समर्थकहरु सबै कांग्रेस अधिवेशनमा गएर गगन थापाका पक्षमा मतदान गर्नुपर्ने तर्कपनि गद्दाफीले गरेको रिजालले सुनाए ।

तपाइँको प्रतिक्रिया