मानव तस्करी काण्डले एन आर एनमा रडाको : पदको दुरुपयोग र छानबिन समितिलाई बाधा पारेको भन्दै शेष घले समक्ष उजूरी
मानव तस्करी र अनियमितताको प्रसंगले यतिखेर एन आर एन ए भित्र रडाको मच्चिएको छ । तानातान र दबाब छ । तर्कबितर्क, पक्ष बिपक्ष र दबाब स्रिजना भएको छ । एन आर एनको केन्द्रिय नेत्रित्वकर्तामाथिनै मानव तस्करी गरेको आरोप लागेपछि त्यस्तो रडाको नमच्चियोसपनि किन । यो मानव तस्करी काण्डले झन चर्को रुप लिँदै गएको छ । एसेन्टा मेलामा एन आर एन युरोपका तत्कालिन संयोजक अर्जुन कुमार श्रेष्ठले मानव तस्करी गरेको विषयमा उजूरी परेको थियो । एन आर एन केन्द्रिय समितिको अनुशासन कमिटीमा । त्यो उजूरीपरेपछि अर्जुन कुमार श्रेष्ठले आफ्नो सचिव पदको दुरुपयोग गरेको आरोप लागेको छ । श्रेष्ठले उजुरीप्रति नै अपत्ती प्रकट गर्दै, अाफ्नो पदको दुरूपयोग गरेर अनुशासन समितिलालाई समेत स्वतन्त्र छानबिनमा बाधा अवरोध दिन उद्यत देखिएको आरोपपनि लागेको छ । उजूरीकर्ता धरम केसीले छानबिन समितिको रिपोर्ट सार्वजनिक नहुन्जेल एन आर एन केन्द्रिय सचिव श्रेष्ठलाई निलम्बन गर्नुपर्ने माग अध्यक्ष शेष घलेसमक्ष राखेका छन् ।
मानव तस्करी र अनियमिततामा श्रेष्ठ केन्द्रिय अभियुक्तका रुपमा रहेको उल्लेख गर्दै केसीले अनुशासन समितिको छानबिनमा सघाउन प्रबेदनन आयेसम्म समितिलाई सघाउन सचिव पदबाट निलम्बन गर्न शेष घलेसमक्ष आग्रह गरेका छन् । मानव तस्करी गरेको विषयमा सबै खाले अनियमितताको दोष उद्योग बाणिज्य महासंघलाई पन्छाएर अांफू स्वयम मेला अायोजक समितिका संयोजक रहेर पनि “पानी माथिको अाेभानो” बन्न खोजेको केसीले उल्लेख गर्दै भनेका छन् “उक्त केशका केन्द्रिय अभियुक्तले हिंजो सम्प्रेशन गर्नुभएको इमेलबाट के स्पष्ट भयो भने वहां सबै खाले अनियमितताको दोष उद्योग बाणिज्य महासंघलार्इ पन्छाएर अांफू स्वयम मेला अयोजक समितिका संयोजक रहेर पनि “पानी माथिको अभानो” बन्न खोज्नुभएको छ । यति मात्र नभर्इ इमेलमा वहांले उजुरीप्रति नै अपत्ती प्रकट गर्दै, अफ्नो पदको दुरूपयोग गर्दै अनुशासन समितिलार्इ समेत स्वतन्त्र छानबिनमा बाधा अवरोध दिन उद्यत देखिनुभयो । यसर्थ स्वतन्त्र छानबिनमा सघाउन अनुशासन समितिको अन्तिम प्रतिवेदन नअउञ्जेल वहांलार्इ बर्तमान पदबाट निलम्बन गर्न अनुरोध गर्दछु ।”
मानव तस्करी र अनियमितता गरेको आरोप अर्जुन श्रेष्ठमाथि लगाएर उजूरी दर्ता गरेपछि केन्द्रमा रडाको मच्चिएकोपनि उजूरीबाट बुझिन्छ । यो विषयलाई केन्द्रमा लिखितरुपमा बुझाइदिएपछि श्रेष्ठ आक्रोसित बनेको प्रसंगपनि शेष घलेलाइ लेखेको पत्रमा उल्लेख छ । केसीको पत्रमा उल्लेख छ “हाम्रो संस्थाका ग्रुपमेलमा के कस्ता बिषय बस्तुहरू प्रतिबन्धित छन भन्ने पनि अचार संहितामै (बुंदा ४ ‘ग’) मा उल्लेखित भएकाले वहांको अपत्ती उजुरी प्रतिको स्वाभाविक अक्रोस र प्रतिकृयाका रूपमा लिएको छु र संस्थाको नाम, प्रतिष्ठा, बिश्वसनियता र पदाधिकारी(हरू) को नाम जोडिएका यस्ता गम्भीर बिषयहरू संस्थाभित्रको सञ्जालमा जानकारी गराएकोमा मलार्इ कुनै पश्चाताप छैन, परन्तु कर्तब्य निर्बाह गरेको ठान्दछु ।”
मानव तस्करी र अनियमितता गरेको आरोप अर्जुन श्रेष्ठमाथि लगाएर उजूरी दर्ता गरेपछि केन्द्रमा रडाको मच्चिएकोपनि उजूरीबाट बुझिन्छ । यो विषयलाई केन्द्रमा लिखितरुपमा बुझाइदिएपछि श्रेष्ठ आक्रोसित बनेको प्रसंगपनि शेष घलेलाइ लेखेको पत्रमा उल्लेख छ । केसीको पत्रमा छ “हाम्रो संस्थाका ग्रुपमेलमा के कस्ता बिषय बस्तुहरू प्रतिबन्धित छन भन्ने पनि अचार संहितामै (बुंदा ४ ‘ग’) मा उल्लेखित भएकाले वहांको अपत्ती उजुरी प्रतिको स्वाभाविक अक्रोस र प्रतिकृयाका रूपमा लिएको छु र संस्थाको नाम, प्रतिष्ठा, बिश्वसनियता र पदाधिकारी(हरू) को नाम जोडिएका यस्ता गम्भीर बिषयहरू संस्थाभित्रको सञ्जालमा जानकारी गराएकोमा मलार्इ कुनै पश्चाताप छैन, परन्तु कर्तब्य निर्बाह गरेको ठान्दछु ।” यस विषयमा केसीको भनाई राख्न खोज्दा उनको मोबाईल फोनमा सम्पर्क हुन सकेन ।
शेष घलेलाई बुझाएको पत्र हेर्नुस्





