युरोपमा २५ हजार वालवालिका बास नपाएर सडकमा
धनी, सुन्दर र सम्पन्न महादेश भनेर चिनिन्छ युरोप । धेरैले अवशर पाएकापनि छन् । धनीपनि छन् युरोपका देशहरु । वालवालिकाको अधिकार, मानव अधिकार, हत्या र हिंसा बिरुद्द चर्का नारापनि लगाउँछन् युरोपेली देशले । तर यहि युरोपका मुलुकमा २५ हजार वालवालिका सडकमा अलपत्र परेका छन् । तिनले बस्ने थलो, गुजारा र सुरक्षा खोजेका छन् । तर पाएका छैनन् ।
आमा बाबुले छोडेका वा आभिभवक गुमाएका छन् त्यस्ता वालवालिकामा । कोहि घरमा अति हिंसा र त्रास भएपछि भाग्नेहरु छन् । तिनको आफन्त कोहि छैन । तिनले सुरक्षित बस्ने थलो खोजेका छन् । तर तिनलाई स्वागत गर्नभन्दा ढोका बन्द गरिदिएका छन् युरोपी प्रशासनले । यसो गरेर यस्ता वालवालिकालाई मानव तस्करहरुले सजिलै दुरुपयोग गर्नसक्ने बाटो खोलिदिएका छन् ।
बस्त वालवालिकाहरु मध्ये कोहि तालिवानपनि छन् । कोहि लिबियाबाट आइपुगेका छन् । तिनले आफन्तसित मालवाहक ट्रकमा लुकेर यात्रा गर्छन् । यसरि जोखिमपूर्वक यात्रा गर्दा कसैको बाटोमै ज्यान जान्छ । कि त आफन्तको ज्यान जान्छ र ति एक्ला बन्छन् । अनि सडकमा पुग्छन् ।
युरोपका मुलुकमा आफन्तहरु भएका वालवालिका आफन्तकोमा पुग्न खोज्छन् । तर प्रशासनले रोकिदिने, बाधा हालिदिने गर्छ र ति सडकमै रहन्छन् । यस्तो धेरै कडा गर्नेमा बेलायतको प्रशासनपनि पर्छ । मानव अधिकारका लागि सहयोग गर्ने, लड्ने संस्था अवाजाले यस्ता तथ्यहरु सार्वजनिक गरेको छ । बेलायतमा यस्ता वालवालिकालाई सहयोग गर्न भन्दै उसले कानुनी प्रक्रियापनि अगाडि बढाएको छ । यो काम गर्नकालागि धेरै रकम लाग्ने भन्दै सहयोग र दानकालागि याचनापनि गरेको छ ।




