विदेशी बिज्ञको भनाई, अझै ठूलो भूकम्प छिट्टै

1601140557196Dबिनाशकारी भूकम्पले हजारौंको ज्यान लियो । एक वर्षपनि पुगेको छैन । पिडितहरु अझै छाप्रामा छन् । त्यसबाट अझै हाम्रो देश उठ्न सकेको छैन । फेरि झन ठूलो भूकम्प गयो भने के होला ? हामी तर्सिएर, डराएर, दुखि भएर के गर्नु  ? नेपाल, भारत र चिनको तिब्बती क्षेत्रमा फेरिपनि ठूलो भूकम्प जान्छ भनेर भारतीय विशेषज्ञहरुले औंल्याएका छन् ।

फ्रान्स तिब्बत मेडियाका अनुसार नेपाल, भारत र तिब्बती क्षेत्रमा अझै ठूलो भूकम्प जाने खतरा छ । अब जाने भूकम्प ८.२ रेक्टरको हुने छ । यो भूकम्प निकट भविषयमै जाने छ ।

भारतको आन्तरिक मामिला मन्त्रालयलाई उद्रित गर्दै फ्रान्स तिब्बत भन्ने अनलाईन मेडियाले यो जानकारि सार्वजनिक गरेको छ । भारतीय अधिकारीहरुले खासगरि मनिपुर क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । भारतीय विशेषज्ञहरुले अब जाने भनिएको ८.२ रेक्टरको भूकम्पलेपनि त्यहि क्षेत्र वरिपरि बढि प्रभाव पार्ने विश्वास गरेका छन् । भारतको मनिपुर क्षेत्र हुँदै नेपाल र तिब्बतसम्म यो भूकम्पको प्रभाव पर्ने छ ।

तपाइँको प्रतिक्रिया