फ्रान्सभरि आतंक : घरका झ्याल ढोका भत्काउँदै बिना सोधपुछ घरघरमै छापा
फ्रान्स पहिले जस्तो छैन अहिले । त्यस्तो शान्त देश भन्नेपनि लाग्दैन । किनभने फ्रान्सभरि अहिले आतंक छ । कोहि कसैसित बोल्न रुचाउँदैन । सबैले एक अर्कालाई शंका गर्छन् । फ्रन्सेलीहरु आफ्नो देशमा के हुन लाग्यो भनेर चिन्तित छन् । सकेसम्म घर बाहिर निस्किन नपरोस् भन्ने ठान्छन् । कोहि घुम्न निस्किन्न । साँझ नपर्दै घर फर्किसक्छन् धेरै ।
तुलुज शहरदेखि दक्षिणमा राजधानी पेरिस् सम्म घर घरका ढोका र झ्याल फोर्दै प्रहरीहरु घरभित्र छिर्ने गरेका छन् । सुरक्षाकर्मीले विना वारेन्ट आक्रामकरुपमा अनेक प्रश्न सोध्ने गर्छन् । शंका लाग्नासाथ पक्रेर प्रहरी कस्टडीमा पुर्याउने, जिम्मा लगाउने र कतिलाई घरभिरबाट थुनेर लैजाने गरेका छन् ।
सुरक्षाकर्मीको यो काम सबै कानुनी हो यतिखेर । किनभने फ्रान्समा गत नोभेम्बर १३ का दिन आतंककारी हमला भएपछि संकटकाल घोषणा गरिएको छ । संकटकाल घोषणा भएको बेला सुरक्षाकर्मीले जहाँसुकैबाट, जोसुकैलाई बिना वारेन्ट पक्रिन सक्छन् ।
गत हप्ता फ्रान्सको संसदले संकटकाल तिन महिना लम्ब्याउन मतदान गरेर पारिद गरिदिएको छ । यो बैधानिकताले गर्दा अझ धेरै पक्राउ, खोजि, सुरक्षाकर्मीको परिचालन र घर घरबाट पक्राउ गरिने छ ।
ल मोंद दैनिक अखबारका अनुसार सोमबारसम्ममा सुरक्षाकर्मीले १०७२ ठाउँमा खोजतलास गरेका छन् । १३९ जनालाई केरकार गरेका छन् । पेरिसको काँठमा रहेको तेक्समेक्स पसलमा सुरक्षाकर्मीले घरक अढोका फोरेर शंकास्पदको खोजि गरेपनि केहि फेला पारेनन् र यस्तो काम धेरै ठाउँमा भएको छ ।
यो घटनाले मुस्लिम समूदायमा चर्को असन्तुष्टि बढेको छ । मुसलवान समूदाय र मुस्लिम नागरिकहरुप्रति बधि शंका गरिएको, खोजि र सोधपुछ गरिएको, सुरक्षाकर्मीले धेरै सास्ति दिएको भन्दै यो समूदाय चिढिएको छ । अन्य समूदायलेपनि मुस्लिम समूदायलाइ बढि केन्द्रित गरेकाले झन द्वन्द र रिस राग बढ्ने हो कि भन्ने चिन्ता गर्न थालेका छन् ।
यति धेरै प्रहरी परिचालन गरेर, घरघरमै छापा मारेर, बिना अनुमति पक्राउ र केरकार गरेर सार्वजनिक अनादार, बैयक्तिक स्वतन्त्रताको हनन र आतंक छाएको आरोपपनि लगाउन थालिएको छ । यसले समाधान नगर्ने बरु आम नागरिकको सुरक्षा गर्नतिर ध्यान दिनुपर्ने असन्तुस्टहरुले बताउन थालेका छन् ।
दोस्रो विश्युद्दका बेला झैं नागरिकहरु सुरक्षाकर्मीबाट आतैकित र अत्यास बनेको गुनासो सुनिँदै छ ।





