पेरिस हमलाका योजनाकार चिनिए, ठाउँ ठाउँबाटै हतियार बरामत
फ्रान्सेली अधिकारीहरुले पेरिसको आतंककारी हमलाका मुख्य योजनाकारको सार्वजनिक गरेको छ । उनी २७ वर्षिय अब्देलहामिद आबाउद हुन् । उनी सिरियामा आइ एस आईको तर्फबाट लडेका ब्यक्ति हुन् । पेरिसमा १२९ को ज्यान जानेगरि आतंककारी हमलाको मुख्य योजना उनैले बनाएको फ्रान्सेली अधिकारीहरुको दाबी छ । अधिकारीहरुका अनुसार उनले बेल्जियममापनि आतंककारी हमला गर्ने योजना बनाएका थिए । बेल्जियन अधिकारीहरुको सूचीमा हमलाको योजना बनाएको भन्ने दर्ज गरिएको छ । जनवरी महिनामा बनाइएको त्यो योजना बेल्जियन सुरक्षाकर्मीहरुले असफल पारिदिएका थिए ।
सिरियाबाट फर्किएर पेरिसको एक सांगितिक कार्यक्रम कक्ष (कन्सर्ट हल) मा आक्रमण गर्ने आबदुको योजना थियो । पेरिस घटनामा संलग्न मध्ये एक इस्माईल ओमार मोस्तेफाईसितपनि उनको संवन्ध रहेको फ्रान्सेली मेडियाहरुले उल्लेख गरेका छन् ।
फ्रान्सेली राष्ट्रपती फँस्वा ओलँदले भने पेरिसमा आक्रमण गर्ने योजना सिरियामै बनाइएको बताएका छन् । त्यसलाई बेल्जियममा सांगठनिक वा योजनाबद्द गरियो । र फ्रान्समा आएर षडयन्त्रपूर्वक आक्रमण गरे । उनले यो घटनामा सिरिया संलग्न रहेको आरोप लगाउँदै भने ‘विश्वले कहिल्यै थाह नपाएको आतंककारी उत्पादन गर्ने कारखाना सिरिया हो ।’
पेरिसबाट करिब २० किमी दूरीमा रहेको सातो द भेसाई भन्ने दरबारस्थित संसदमा उपस्थित भएर संवोधन गर्दै राष्ट्रपती ओलँदले ‘फ्रान्स युद्दमा रहेको’ घोषणा गरिदिए । उनले शुक्रबारबाट लागू गरिएको संकटकाल अझै लम्ब्याउनुपर्ने प्रस्तावपनि गरे । उनले फ्रान्स युद्दमा होमिएको भन्ने संकेत सिरियामाथि आक्रमण गर्ने फ्रान्सको तयारीलाई बुझिएको छ । अघिल्लो दिनै सिरियामा आक्रमण शुरु गरेपछि उनले यो स्पष्ठीकरण शैलीमा बताएका हुन् । उनको संकटकाल तिन महिनासम्म लम्ब्याउने प्रस्ताव गरेका हुन् । फ्रान्सेली युद्दक बिमानहरुले अहिले सिरियामा हवाई आक्रमण गरिरहेका छन् ।
ब्यापक खानतलासी
(ब्रसेल्सबाट नजिक पर्ने मोलेनबिकमा पेरिस घटना योजनाकार मध्ये एकजना सलाह अब्देस्लामको खोजिमा छापा हान्न उक्लिँदै)
अमेरिकी राष्ट्रपती बाराक ओबामाले सिरियाका आतंककारीहरुलाई दबाउन ५० हजार सैनिक पठाउनुपर्ने प्रस्ताव गरेका छन् । तर उनको भनाई स्थल आक्रमण नभएर हवाई आक्रमण हुनुपर्ने भन्ने छ । पेरिस हमलाका मुख्य हमलाकारी बेल्जियम नागरिक भएको सूचना पाएपछि अहिले बेल्जियम र फ्रान्सका अधिकारीहरुले बेल्जियममा ब्यापक खोजतलास शुरु गरेको छ । सुरक्षा निकायमा बेल्जियन र फ्रान्सेलीहरु संयुक्त रुपमापनि खटिएका छन् । सियियामा हवाई हमला शुरु गरेको भोली पल्ट राष्ट्रपतीले त्यसलाई बैधानिकता दिनकालागि आफूहरु युद्दमा होमिनुपरेको बताएको भन्नेहरुपनि छन् ।
१६८ ठाउँमा छापा मारियो, १०४ पक्राउ
पेरिस घटापछि हिजो सुरक्षाकर्मीले ब्यापक अपरेशन शुरु गरेको छ । फ्रान्सका ग्रिह मन्त्री बेर्ना काजनभले गत ४८ घण्टामा मात्रै १६८ ठाउँमा छापा हानेको र १०४ जना शंकास्पद ब्यक्तिहरुलाई पक्राउ गरिएको बताएका छन् । तिनलाई घर घरबाटै छापा हानेर नियन्त्रणमा लिईएको हो । काजनभले यो छापा शुरुवात मात्रै भएको र यसलाई अझ प्रभावकारी बनाउँदै जारी राखिनेपनि सञ्चारमाध्यमहरुलाई बताए । त्यसैगरि हिजो भएको खोजतलासमा फ्रान्सका प्रहरीहरुले अन्य २३ जनालाई नियन्त्रणमा लिएका छन् ।
करिब ४० हतियार बरामत
हिजो फ्रान्सेली प्रहरीले फ्रान्सका बिभिन्न शहरमा छापा मार्यो। यतिखेर फ्रान्सेली सुरक्षाकर्मीलाई पक्राउ पूर्जी बिनानै सिधा पक्रने अधिकार छ । त्यसैले प्रहरीले हिजो १९ वटा डिपार्टमेन्टहरुमा छापा हान्दा २३ जनालाई पक्राउ गर्नुकासाथै ४० भन्दा धेरै हतियार बरामत गरेका छन् । ति मध्ये १९ वटा हाते बन्दुक (ह्यान्डगन), आठ वटा लामो दूरीका बन्दुक (लङ गन्स)चार वटा आधुनिक बन्दूक बरमत गरिएको छ ।
(दुबै फोटो-रोयटर्स)






