उछिट्टिएको औंलाले गर्दा आतंककारीको पहिचान
- अनुराधा पौडेल, फ्रान्स

POLICE have made arrests in Belgium tonight in connection with the Paris terror attacks.
Pictures on Twitter show a man being handcuffed by police in the Brussels neighbourhood of Molenbeek.
The area is known as one of the most dangerous parts of the capital and has been branded by many locals as a no-go area.
अल्जेरियन मुलका बाबु आमाको छोरो ओमार इश्माइल मोस्तेफा । उ पेरिस आक्रमणमा बाताकालान भन्ने ठाउँमा रहेको कन्सर्ट हलमा मानिसहरु भुट्ने अभियानमा सँलग्न थियो । उसको शरिरको अरु अँगहरु त फेला परेन तर लासहरुको थुप्रो बिच पुलिसले बिस्फोटका कारण उछिट्टेको एउटा ओँला फेला पार्यो । त्यहि अँगुलाको आधारमा पुलिसले ओमारको पहिचान गर्यो ।
ठ्याक्कै २० बर्ष पुग्दैथ्यो उ अब आउने शनिवार । तर उसले आफ्नो ज्यान दियो ‘अल्लाह अकबर’ को नाउँमा । पेरिस बाट ४४ कि मी दक्षीणमा बस्ने ओमार इश्माइल मोस्तेफा उसको गल्लीमा सानो तिनो अपराधिको रुपमा चिनिन्थ्यो । भ्यार भ्यार गर्दै मोटरसाइकलको पाग्रो माथि फर्काएर गुडाउने, चोरी चकारी गर्ने, गल्लीमा रहेका गृह प्रबेशका ढोकाहरुका फोनहरु उछुट्टाइदिने, मौका परे अरुलाई पिटपाट र गोदागोद गर्ने जस्ता कामहरुका लागि प्रहरीले नोटिश राखेको रहेछ । यहि कारण उसलाई १८ बर्षभन्दा कम उमेरमै उसलाई प्रहरीले धेरै पटक प्रकदैँ छाड्दै गरेको रहेछ । त्यहि मानिस सन् २०१० देखि कट्टरपन्थि मुसलमान ( ? ) पनि बनेको रहेछ र सन् २०१३ तथा २०१४ को जाडो याममा टर्की हुँदै सिरिया पनि गएको रहेछ । र फ्रान्समा उसले कहिल्यै पनि जागिर खाएको रहनेछ ।
पेरिस पुलिसका वकिलले ओमार सानो तिनो अपराधि भएपनि उसको सम्पर्क आतँकाकारी ग्रुप सँग भए नभएको बारे प्रहरीसँग रिपोर्ट नरहेको जनाएका छन् ।
अहिले उसको परिवारका पुरुष सदस्यहरु सबैलाई प्रहरीले हिरासतमा राखेको छ । घटना घटेका दिन ओमारका दाइ पुलिसको स्टेशनमा आएका रहेछन् । उनको भाइको सँलग्नता बारे सोध्दा उनी आश्चर्य चकित भएका रहेछन् । उनका दाइले पेरिस घटनालाई , ‘यो पागल पन हो र यो पागल कुरा हो’ भनेका रहेछन् । ‘म हिजोँ पेरिसमा थिएँ र मैले त्यहाँ बकबासहरु ( असभ्य भाषाको प्रयोग खासमा उनले कुकुरको लिँड…… जस्तो भन्न खोजेको ) देखेँ ।‘ भन्दै उनले थपे, हो मेरो भाइको मुद्दा न्यायलमा छ र उ धेरै पटक प्रहरी हिरासतमा गएको थियो । तर उ तर पारिवारीका द्वन्दका कारण भाइ सँग सम्पर्क नभएको र ब्लेद ( अरबी भाषामा गाउँ ) को टेलिफोन नम्बर आफू सँग नभएको उल्लेख गरेका छन् ।




