कविता : सत्ता
- कपिल अधिकारी / ताइपे, ताईवान
सडकमा छौ
बार भाँच, ढुंगा ठोक, गाडी रोक जलाऊ
“तिनीहरुलाई”
मर्न पठाऊ , मार्न पठाऊ
मरेनी, मारेनी
तिम्रो डाँको ठुलो हुन्छ
सत्ताको एउटा “चान्स” हुन्छ ।
सत्तामा छौ
लाठी बोकाऊ, बन्दुक भिडाउ
“तिनीहरुलाई”
मार्न पठाऊ,मर्न पठाऊ ,
मारेनी, मरेनी ,
तिम्रो डाँको ठुलो हुन्छ
सत्ता अल्ली लामो हुन्छ ।
सडकमा हुँदा पछाडी लुक
तिनीहरुलाइ अगाडी लगाउ
सत्तामा छँदा पर्खालभित्र बस
तिनीहरुलाइ अगाडी पठाऊ
बलिदानी,
कठैबरा हामीहरु !
+++++++++
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक





