स्पेनको भारतीय दुतावास अगाडिपनि गरे नेपालीले भारतबिरुद्द प्रदर्शन

12042993_1021581724560713_3520512656861082208_n

स्पेनको राजधानी मेड्रिडमा रहेको भारतीय दुतावास अगाडिपनि त्यहाँका नेपालीहरुले प्रदर्शन गरेका छन् । आज स्पेनका नेपालीहरु भारतीय दुतावास अगाडि भेला भएर भारतले नेपालमाथि गरेको नाकाबन्दिको बिरोध गरेका हुन् ।

12047036_1021581757894043_3173987183469224714_n

भारतबिरुद्द बिभिन्न नाराहरु लेखेका प्लेकार्ड बोकेर नेपालीहरु उपस्थित भएका थिए । उनीहरु नेपालको स्वतन्त्राबिरुद्द भारतले लगाएको नाकाबन्दि बिरुद्द नाराबाजीपनि गरे । नेपाली झण्डा बोकेका र केहि नेपाली आफो राष्ट्रिय पोशाक लगाएरै बिरोधमा थिए । बिरोध कार्यक्रम पछि नेपालीहरुले त्यहाँका भारतीय राजदूतलाई ज्ञापनपत्रपनि दिएका छन् ।

तस्विरहरु -इश्वर नास्तिक शर्माको फेसबूक

तपाइँको प्रतिक्रिया