भारतको विरोध विश्वभरि फैलिँदै, भारतीय दुतावासमा नेपालीहरुको ज्ञापनपत्र

12047807_10153324449313500_744428502_n

नेपालको नयाँ संविधान आएपछि भारतले नेपालमाथि अघोषित नाकाबन्दि गरेको छ । नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डतामाथि हस्तक्षेप गरेको छ । जति भारतले आफ्नो छिमेकी देश नेपालमाथि त्यस्तो नाकाबन्दि गरिरहेको छ, अप्ठेरामा पारिरहेको छ उति भारतको बिरोध भैरहेको छ । विश्वभरिका नेपालीहरु उठेर भारतको बिरोध गरिरहेका छन् । मेडिया र सामाजिक सञ्जाल त भरिएकै छन् भारतको बिरुद्दमा । अब नेपालीहरु जुन देशमा बसेका छन् त्यहाँको भारतीय दुतावासमै गएर भारतीय दादागिरी र नाकाबन्दिका बिरुद्द बिरोध जनाउन थालेका छन् । जर्मनीमा नेपालीहरु त्यहाँको भारतीय दुतावासमा गएर बिरोध जनाउने घोषणा गरिसकेका छन् भने स्विजरल्याण्डका नेपालीले गत सोमबार स्विजल्याण्डको राजधानी बर्नस्थित भारतीय दुतावासमा गएर बिरोधपत्र दिए, धर्ना दिएर बिरोध जनाए ।

12067301_10153324449503500_1445818692_n

नेपाली ऐक्यबद्दता मंच स्विजरल्याण्ड, जनसम्पर्क समिति स्विजरल्याण्ड र प्रबासी नेपाली मंच स्विजरल्याण्डको संयुक्त आयोजनामा भारतीय दुताबास अगाडी नेपाली झण्डा बोकेका नेपालीहरु पुगे । प्लेकार्डहरुमा भारतको नाकाबन्दि बिरुद्द नाराअहरु लेखिएका थिए । त्यहाँ पुगेका नेपालीले बिरोध प्रदर्सन त गरेनै,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लाइ सम्बोधन गरिएको ज्ञापन पत्र पनि बुझाए |

12077465_10153324450048500_315309691_n

बिरोध प्रदर्सनमा एनआरएनए स्विटजरल्याण्ड का अध्यक्ष लगाएत स्विटजरल्याण्ड मा स्थाई,अस्थाई बसोबास गर्ने नेपालि हरु विभिन्न संघ सस्थाका प्रतिनिधि हरु को उपस्थिति रहेको थियो | दिनको ठिक तिन बजे भारतीय दुताबास नजिकको हेल्भिचियाप्लाट्जमा जम्मा भएका प्रदर्सनकारिहरुले सार्भभौम रास्ट्रमाथि भारतले गरेको नाङ्गो हस्तक्षेपको बिरोध गर्दै  भारतीय हस्तक्षेप बन्द गर,संघिय गणतन्त्र नेपाल जिन्दाबाद, सार्भभौम नेपाली जनता जिन्दाबाद,अघोसित नाकाबन्दी फिर्ता गर, ब्याक अफ इन्डिया लगायतका नारा लगाएका थिए |

12041726_10153324449893500_1893144166_n

स्विजरल्याण्डको स्थानीय प्रसासनले बिरोधपत्र बुझाउन जान पाँच ब्यक्ति मात्रै जान पाइने बताएपछि नेपाली एक्यबद्दता मंचका अध्यक्ष अचुत प्रसाद फुयाल,जनसम्पर्क समिति स्विटजरल्याण्डका अध्यक्ष राम महतो, नेपाली प्रबासी मञ्चका अध्यक्ष संजय मुडभरी, स्विसनेपाल डट कम र नेपाल स्विस डट कमका पत्रकारको सामुहिक टोली नेपाली राष्ट्रिय झण्डा सहित दुताबास गएको थियो । टोलीलाई ससस्त्र प्रहरीले स्कर्टिंग गरेको थियो ।

भारतीय दुताबासका सहायक राजदुत पी।मुखर्जी लाइ नेपाली प्रवाशी मञ्च स्विजरल्याण्डका अध्यक्ष संजय मुडभरीले ज्ञापन पत्र पढेर सुनाउनु भएको थियो ।

तस्विरहरु -आशिष स्विस

तपाइँको प्रतिक्रिया