एनआरएन युकेमा आर्थिक अनियमितता : प्रतिबेदन
गैर आवासीय नेपाली संघ युके ( एनआरएन युके) २०११-२०१३ को कार्यसमितिमा आर्थिक अनियमितता रहेको एनआरएन युकेद्वारा नै गठित छानबिन समितिले जनाएको छ । उक्त समितिले सार्बजनिक गरेको प्रतिबेदनमा एनआरएन युकेमा कुल आचार्यको अध्यक्षतामा मा रहेको २०११-२०१३ को कार्यसमितिको आर्थिक क्रियाकलापहरु पारदर्शी नभएको र आर्थिक अनियमितता देखिएको उल्लेख छ ।
तत्कालिन अध्यक्ष कुल आचार्य ले साधारण सद्स्क्यता शुल्क बापत को १५ हजार पौण्ड र आइसिसि उम्मेदवार शुल्क १५ हजार पौण्ड नेपाल पठाएको जनाए पनि त्यससम्बधि कुनै कागज पत्र पेश गर्न नसेकेको छानबिन समितिले बताएको छ। यस बाहेक उक्त समितिले १५ हजार ८५३ पौण्ड कहाँ र कसरी खर्च भयो भन्ने भन्ने प्रश्नको कुनै उत्तर दिन नसकेको प्रतिबेदनमा उल्लेख छ । उक्त समितिमा रहेका कोषाध्यक्ष दिल राज गुरुङले केहि रकम तत्कालिन निर्वंचन समितिलाई दिएको बताए पनि निर्वाचन समितिले छानबिन समिति समक्ष सो लाई अस्विरकार गरेको छ ।
यसै गरि छानबिन समिति समक्ष तत्कालिन अध्यक्ष कुल आचार्यले नारी दिवस को कार्यक्रममा १७ हजार पौण्ड उठाएको बताए पनि उक्त रकम संस्थाको खातामा देखाईएको छैन । जुम्लामा प्रसुति गृह निर्माणको लागि १७ हजार १२७ एनआरएन काठमाडौँ कार्यालयलाई बुझाएको बताए पनि एनआरएन काठमाडौँ कार्यालयले ७ हजार ९१० पौण्ड मात्र बुझेको एनआरएन काठमाडौँ कार्यालयका लेखा अधिकृतले दिएको लिखित जवाफ प्रतिबेदनमा उल्लेख गरिएको छ । बाँकी रकमको कुनै जानकारी दिन नसकेको छानबिन समितिका संयोजक कमल गुरुङ ले बताउनु भयो । यस्तै २०१३ को निर्वाचन मा ५ हजार ८ सय ५९ सदस्य बापतको ५५ हजार ८ सय ९० हुनु पर्नेमा सदस्य सुल्क बापत ५३ हजार १२७ मात्र खातामा उल्लेख गरिएको समितिले जनाएको छ । यस्तै २०१३ मा अध्यक्ष का उम्मेदवार योगेन क्षेत्रीले आफ्नो कार्य समितिको उम्मेदवार शुल्क बापत ११,३०० पौण्ड बुझाएकोमा सो रकम बैंकको खातामा नदेखिएको समितिले जनाएको छ ।
उक्त समिति एनआरएन युकेका निबर्तमान अध्यक्ष योगेन क्षेत्रीले आपनो कार्यकालको अन्तिम समयमा गठन गरेका थिए। कमल गुरुङको संयोजकोत्वमा राष्ट्र राई र मेजर बुद्धि गुरुङ सम्मिलित समितिले करिब चार महिना लगाएर प्रतिबेदन तयार गरेको थियो । उक्त समिति एनआरएन युकेका निबर्तमान अध्यक्ष योगेन क्षेत्रीले आपनो कार्यकालको अन्तिम समयमा गठन गरेका थिए। उक्त समितिले तत्कालिन अध्यक्ष कुल आचार्य, महासचिब रामशरण सिम्खडा, कोषाध्यक्ष दिल राज गुरुङ, निबर्तमान अध्यक्ष योगेन क्षेत्री, वर्तमान अध्यक्ष महेन्द्र कंडेल संग आर्थिक क्रियाकलाप सम्बन्धि प्रश्नहरु गरेको थियो । समितले प्रतिबेदन एनआरएन केन्द्रिय अध्यक्ष शेष घले र केन्द्रिय समिति लाई समेत पठाएको छ ।
(यसको पूर्ण प्रतिबेदन नेपालप्लससित सुरक्षित छ)




