नेपाली बुद्धको विदेशमा बेइज्जत

ददिराम सापकोटा

nepali-buddha-statue-in-france-nepalplus.jpg

 

सन् १९८० मा नेपाल घुमेका डेनमार्कको कोपनहेगनका मरिआन सेनेथ लुइस सेनेथलाई यसपटक पेरिस घुम्न आएका बेला यहाँको नग्न संग्रहालयले फेरि नेपालको झल्को दिलायो। संग्रहालयको एक कक्षमा एउटा नेपाली काष्ठकला देखेपछि उमेरले ६५ वर्षो हाराहारीमा पुगेको यो दम्पत्तिले मुखामुख गर्दै भन्यो ओहो   त्यो संसारिक मोह त्यागेर सत्य जीवनको खोजीमा हिँडेका गौतमबुद्ध पनि यस्ता ? हो, यस संग्रहालयमा पुग्ने जो कसैलाई नेपालका केही नग्न चित्रकलाले अचम्मै पार्छन्। नेपालकै बौद्धगुम्बाहरुमासमेत नदेखिने त्यो काठको कलामा गौतम बुद्धले एउटी नग्न महिलालाई काखमा च्यापेर शदृष्टि लगाइरहेका छन्। तिब्बतबाट ल्याइएको भनी उल्लेख त्यस कलामा सांसारिक शक्ति देखाउँदै बुद्ध  भन्ने उल्लेख भए पनि कलाकर्मी तिथिमिति उल्लेख छैन।  

पानीको विशाल पोखरीमा भौगोलिक रुपले एउटा थोपोजत्रो स्थान ओगटेको नेपाली चित्रकलाले यस संग्रहालयमा सबैभन्दा बढी स्थान ओगटेका छन्। यौन प्रेमका मामिलामा नेपाली संस्कृति साँघुरो लज्जालु भनेर चिनेका पश्चिमाहरुलाई यतिविघ्न नग्न कला एकै ठाउँमा देख्नु आफैंमा आर्श्चर्यको विषय हो। संग्रहालयका पाँच तल्लामध्ये हरेक तल्लामा नेपाली कलाकै बर्चश्व छ। अधिकांश आगन्तुकका आँखा पनि नेपाली कलातिरै आकषिर्त हुन्छन्। नेपालमा पति पत्नी एकअर्काको हात समाउनु पनि छाडा संस्कृति मानिन्छ भन्ने सुनेका थियौं। यो संग्रहालय हेरेपछि नेपाल गएर नेपाली संस्कृति राम्ररी नछामिकनै फर्किएछौं जस्तो लाग्यो‘- नेपाल जानुअघि नेपाली संस्कृति बुझनका लागि झण्डै हप्ता दिनको तालिम लिएको बताउने उक्त दम्पत्तिले सुनायो।  

त्यति पहिलाका देवता त्यस्ता धुर्त रहेछन्‘- शिव पार्वतीको यौनलीलाको चित्र पत्नीतिर पालैपालो आँखा डुलाउँदै थोते दाँत फिस्स पारेर लुइसले भने यस्ता थरिथरि आसन जान्ने नेपालीहरु यौनका मामिलामा माहिर पो हुन्छन् क्यारे नेपालको बीसौं शताब्दीका नाङ्गा यौनक्रियामा लिप्त यी चित्र अधिकांश काष्ठकलामा छन्। केही धातु ढुङ्गाका। नेपालमा हत्तपत्त नदेखिने चित्रकला पनि प्रशस्तै राखिएकाले ती कहाँबाट कसरी ल्याइए भन्ने प्रश्न उठ्छ। तर, संग्रहालयमा त्यसबारे जानकारी दिने आधिकारिक व्यक्ति नभएको यहाँका कर्मचारी पेरोंले बताए।  

संग्रहालयका कतिपय कलाहरु भने काल्पनिक अतिरन्जनापूर्णजस्ता छन्। महिलालाई जुरुक्कै उचालेर तेर्र्सो पारी संभोग गरेको आसनलाई नेपालमा प्रसिद्ध भनिएको छ। आदिमकालमा नेपालमा पुरुषले महिलाको टाउको तल पारेर कठोर तरिकाले संभोग गर्थे भन्ने जानकारी पनि दिइएको छ। संग्रहालयमा नेपालको सबैभन्दा पुरानो भक्तपुर मन्दिरको ढोकाको समात्ने (ह्याण्डिल) , जसमा नग्न चित्र कोरिएका छन्। अगाडि , पछाडि , तेर्र्सो, छड्केलगायतका संभोगका यति धेरै आसन छन्, जुन नेपालमै भेट्टाउन मुश्किल पर्छ।  

हुन संग्रहालयकै कतिपय कलाले पुष्टि गर्छन् कि यहाँ प्रशस्तै काल्पनिक चित्रकला पनि छन् किनकि तिब्बतबाट ल्याइएको एक चित्रमा बघिनीको गुप्ताङ्गमा आगो बलिरहेको छ। बीसौं शताब्दीको भारतको एउटा काठको चित्रमा सिंहले एक महिलालाई संभोग गरिरहेको छ। त्यस्तै १९ सौं शताब्दीको जापानी कलामा घोडाले महिलालाई संभोग गरेको , मदागास्करको अर्को एक कलामा एउटा सिंहले महिलाको गुप्ताङ्ग चाटेको, फ्रान्सेली एक पुरुषले आफ्नो लिङ्गमा डोरी बाँधेर एक पाङ्ग्रे गाडा गुडाउँथे भन्ने वर्णन गरिएको छ। यसो कतिपय चित्रकलाले समाजमा एउटी महिलाको भूमिका कत्ति महत्वपूर्ण हुन्छ भन्ने मार्मिक दृष्य पनि देखाएको छ। मेक्सिकोको एउटा चित्रकलाले त्यस्तै मार्मिक भाव बोकेको , जहाँ बच्चालाई स्तनपान गराउँदै गरेकी महिलाले पुरुषलाई पछाडिबाट यौनक्रिया गर्न दिइरहेकी छ। यसले पुरुषहरु यौनका मामिलामा कति धूर्त महिलाहरु सहनशील हुन्छन् भन्ने देखाउँछ यो नग्न संग्रहालयमा खासगरी प्रेममा भर्खर फसेका मधुमास मनाउन आएका वैंशालु जोडीहरुको बढी आकर्षा हुनेगर्छ। रातको समयमा पनि घुम्न पाइने पेरिसको एकमात्र संग्रहालय भएकाले पनि यो यस्ता जोडीका निम्ति आकर्षाको केन्द्र बनेको हो।  

त्यसो यो संग्रहालय पेरु, नाइजेरिया, थाइल्याण्ड, नेपाल, भारत, जापान, श्रीलंका, मदागास्कर, मेक्सिको, दक्षिण अफ्रीका, तिब्बत, फ्रान्स, रुसलगायतका मुलुकको धर्म, कला, यौन, प्रेम संस्कृतिको परिचयस्थलसमेत बनेको छ। नेपालीहरु प्रेम सेक्सका विषयमा ओछ्यानमा पनि लजाउँछन् भन्ने पढेका थियौं‘- दक्षिण अमेरिकाको इक्वेडरबाट घुम्न आएकी सारा सेरानोले भनिन् आज धेरै कुरा थाहा पाइयो नेपालका बारेमा पनि  (जन आस्था, भाद्र २२, २०६२ ०७ सेप्टेम्बर २००७)

तपाइँको प्रतिक्रिया