सरकारी नियम उल्लंघन गरेर यसरि ठग्यो मेन पावरले
(यिनै हुन् धम्काएर ठग्ने)
मल्लाज माझफाँट गा बि स २ पर्वतका राजेश मल्ल दिनदहाडै मेन पावर कम्पनीबाट ठगिएका छन् । काठमाडौंको बाँसबारीमा रहेको नमुना कलेज अगाडि सँन्चालन गरिएको सान इन्ट्ररनेसनल मेनपावरले हिजो उनलाई धम्क्याएर २५ हजार रुपियाँ ठगेको हो । मल्लले यो मेन पावर कम्पनीसित काम गर्न दुबाई जाने सहमती गरेका थिए । सहमती अनुसार भिसाका लागि उनले लामो समयसम्म पर्खेर बसे । हुन्छ हुन्छ, अब हुने बेला भो भन्दै सान इन्टरनेशलले महिनौं महिनासम्म झुलायो । यो कम्पनीले झुलाउने तर भिसा भने नदिने गरेपछि मल्लले आफ्नो पासपोर्ट मागे । उनले आफ्नो पासपोर्ट माग्दा सान इन्टरनेशलका प्रेम भन्ने ब्यक्तिले उनलाई गुण्डागर्दीको शैलीमीमा धम्की दिए ।
आफूले भिसा लगाइदिनपनि नसक्ने र पासपोर्टपनि नदिने गरेका उनले मल्ललाई धम्की दिएर २५ हजार रिपुयाँ ठगेका छन् । उनले भिसा र काम नदिएकाले पासपोर्ट राखेकै भरमा किन २५ हजार दिने भनेर ईन्कार गर्दा उनीसित गुण्डागर्दी शैलीमा धम्काएर २५ हजार असुल गरिएको हो ।
बरु यो मेन पावरले कंपनीको लेटर प्याड र कम्प्युटर कपीमा बिदेशबाट काम पाएको नक्कली कागज देखाएर झुलाउने गरेको छ । उसले बिदेश जान भन्दै आ उनेलाई अड्काएर केहि समयपछि यस्ता कागज देखाएर झुलाउने गरेको छ ।
(ठगिनेको पासपोर्ट)
सरकारले बैदेशिक रोजगारमा लैजाने मेन पावर कम्पनीहरुको लागि नयाँ नियम ल्याएको छ । कामदारहरुले भिसाको लागि रकम तिर्नु नपर्ने भनिएको छ । तर त्यो सरकारी नियमको अनुगमन के सरकारले गरेको छ त ? गाँउबाट लाहुर जाने सपना बोकेर आएका सोझा युवा यसरि ठगिन्छन । तर मेन पावरका ठगहरु न त कारवाहीमा पर्छन् । न सोझासाझाहरुले न्याय पाउँछन् ।







