द्वन्द पिडितलाइ उठाएको रकम जनसंपर्क समितिले गर्यो हिनामिना
नेपाली कांग्रेसको भात्री संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमले नेपालमा आर्थिक रुपमा विपन्न रहेका द्वन्द्व प्रभावित बालबालिकाहरुको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्धेश्य अनुरुप उठाएको आर्थिक संकलन दुरुपयोग गरेको भेटिएको छ । समितिले जुन उद्देश्यकालागि कार्यक्रम गरेको थियो त्य्सको ठिक उल्टो तरिकाले सस्थागत प्रयोगको रुपमा रकम खर्च गरेको हो ।
गत साल १४ अगस्टका दिन बेल्जियमको आन्तर्पेन सहरमा समितिले बेल्जियममा रहेका नेपाली समुदायको भेटघाट तथा वारवाक्यु कार्यक्रम गरि करिव ७ लाख रुपयाँ जम्मा भएको घोषणा गरेको थियो । जसको समाचार सुबास गुरुंगले अनलाइन खबरमा समेत प्रकाशित गरेका थिए । (समाचार पढ्न यो लिंकमा क्लिक गर्नुहोस |http://www.onlinekhabar.com/2014/08/178935/)
जनसम्पर्क समिति बेल्जियमका कोषाध्यक्ष दिनेश भण्डारीले दिएको संस्थाको पूर्ण हिसाब किताब हेर्नुहोस जस्ताको त्यस्तै |यसमा समितिले क्रियाशील सदस्य बापत उठाएको रकम राखेको छैन । त्यो रकम कहाँ गयो भन्नेपनि उल्लेख छैन । सन् २०१३ देखि २७ जुलाईसम्मको समितिको जम्मा आम्दानी २ सय १५ यूरो मात्रै रहेको छ । हिसाब विवरण हेर्नुस् ।
आम्दानी तर्फ
१ बार्बिक्यु बाट उठेको नगद रकम ५८१२ यूरो
२ भुकप पिडितको लागि उठ्यको रकम ५९७५ यूरो
३ साथीहरु बाट सहयोग ८७५ यूरो
जम्मा आम्दानी १२६६२ यूरो
खर्च तर्फ
१ पुरानो कार्य समितिको ऋण २५० यूरो
२ बाज बुझारथ २५० यूरो
३ शेर बहादुर देउवाको कार्यक्रममा १६६५ यूरो
४ बढी पिढितहरुलाई सहयोग ५०० यूरो
५ गुरु टेक राज पौडेललाइ टिकेट खर्च ५०० यूरो
६ बिरामीलाई महामन्त्री मार्फत १९५ यूरो
७ बार्बिक्यु खर्च १०७५ यूरो
८ आन्त्र्प नगरपालिकालाइ बुझायको २३५ यूरो
९ नेपाल हाउस मा मिटिंग खर्च १४८ यूरो
१० गगन थापा र धनराज गुरुङ्ग्को कार्यक्रममा खर्च १६१२ यूरो
११ वेब र बैंक खर्च ५०० यूरो
१२ साइकल यात्रीलाई १०० यूरो
१३ क्रियासिल्मा नपुग ६४ यूरो
१४ भुकप पिडितलाई सहयोग ५४३३ यूरो
समितिले जम्मा १२६६२ यूरो आम्दानी गरेकोमा १२४४७ यूरो खर्च गरेको भण्डारीले जानकारी दिएका छन । अहिले कोषाध्यक्ष रहेका उनीसँग जम्मा २१५ यूरो मात्रै रहेको छ ।
अब समितिलाई ठाडो प्रश्न उठेको छ । बार्बिक्यु गरेर द्वन्द पिडितलाई उठाएको रकम किन यसरी संस्थाको प्रयोगको लागि खर्च गर्या ? के दुनियाँलाई ठग्ने काम समितिको हो ? आखिर किन सही ठाउँमा लागू भएन यो रकम ? बेल्जियमका नेपालीलाई झुक्याएर रकम उठाउने र राजनितिक संस्था त्यहि रकमले नचलाए मानिसहरुले पत्याउन छाडेका हुन् ?
अहिलेको कार्यसमितिले दिएको जानकारी अनुसार समितिले यस्तो आर्थिक् हर्कत गर्दो रहेछ भनेर देखिको छ । अन्य वर्षको के भएको थियो ? कसले चासो राख्ने ?
एन आर एन र समिति
आउँदै गरेको एन आर एन बेल्जियमको निर्वाचनमा गंगाधर गौतमले समिति मार्फत अध्यक्ष पदमा उम्मेदवारी दिएका छन । लामो समयसम्म रहेको सिता सापकोटा र गौतमको इगोको लडाई टुंगिएपछि नेपाली कांग्रेस बेल्जियम मिलेको जस्तो देखिन्छ । स्वार्थको लडाइमा दुवै पक्षको जित देखिएको छ । तर आफ्नै समिति भित्र रहेको आर्थिक दुर्दशा सुधार्न नसक्ने गौतमले एन आर ऐनमा गएर के देखाऊलान ? प्रश्न चिन्ह खडा भएको छ ।
गौतमले निकालेको घोषणा पत्रमा भनेका छन ‘एन आर एन बेल्जियममा आर्थिक पारदर्शिता कडी कड़ाउ गरिने छ । तर समिति भित्रै समाज सेवाको लागि भनेर कार्यक्रम गरिन्छ । तर खर्च अन्यत्रै गरिन्छ भने उनले कस्तो पारदर्शिता अपनाउलान् ? गौतमको इसारामा रकम दुरुपयोग गर्न दिएको हो वा उनको नाममा अरु कसैले गरेका हुन् ? यदि उनलाई थाह नदि इकनै अरुले गरेको बहे उनले किन पारदर्शिता अपनाएनन् ? सार्वजनिक गरेनन् ? गौतमले घोषणा पत्रमा भनेबमोजिम बिगतमा यो समाजको लागि खासै योगदान दिन सकेको देखिन्न भन्नेहरु उनैको संगठनमा छन् । न त् एन आर एन मा आर्थिक पारदर्शिताको लागि उनले आवाज उठाएका छन् । के उनीबाट आर्थिक पारदर्शिताको अपेक्षा गर्न सकिन्छ ?
यदि एन आर एनको नेत्रित्व लिने हो भने जनसम्पर्क समिति बेल्जियमको आर्थिक पारदर्शिता गराएर उनले देखाउन सक्नुपर्छ ।
नेपाली जनसम्पर्क समिति बेल्जियमले आयोजना गरेको उक्त बारबाक्युमा जसले सहयोग गरेको थियो सबैले आआफ्नो ठाउँबाट खोजि गर्नु जरुरी देखिन्छ । यसै बारेमा नेपालप्लसले समितिका अध्यक्ष सन्तोष जोशीसंग बुझ्न खोज्दा आफुहरुको एक मिलियनको प्रोजेक्ट भएको र द्वन्द पिडित बालबालिकाहरुको लागि अक्षय कोष खडा गरिने जिकिर गरे । रकम हिनामिनाबारे केहि बोल्न सकेनन् ।





