राँके जुलुस निकालेर बन्दको आव्हान गर्ने कोको परे माओवादीका गिरफ्तार ?

maoist

बन्दका क्रममा समातिएका नौ जना केन्द्रीय सदस्य सहित देशभर तीन सय जना नेता कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न नेकपा माओवादीले सरकारसँग आग्रह गरेको छ ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्माले विज्ञप्ती जारी गर्दै गिरफ्तार गरिएका नेता कार्यकर्तालाई तत्काल रिहा नगरिए अर्को चरणको कडा आन्दोलनमा उत्रने चेतावनी पनि दिएका छन् ।प्रवक्ताले पार्टीका एक जना पोलिटब्यूरोसहित ९ जना केन्द्रीय सदस्य गिरफ्तार भएको जनाएका छन् । त्यस्तै ४ जना जनवर्गीय संगठनका केन्द्रीय अध्यक्ष, एक दर्जन जिल्लाका जिल्ला सेक्रेटरीहरु र देशैभर ३०० भन्दा बढी कार्यकर्ताहरु गिरफ्तारीमा परेको उनले जानकारी दिएका छन् । पक्राउ पर्ने केन्द्रीय सदस्यहरुमा काठमाडौंबाट तिलक परियार (पिविएम), माइला लामा, उत्तम विष्ट (ललितपुर) रहेका छन् ।

त्यसैगरी पूर्वको झापाबाट राजेन्द्र कार्की नविन, सप्तरीबाट तेजप्रसाद अधिकारी, गुल्मीबाट वसन्त घर्तीमगर, बाग्लुङबाट पारशमणी र पर्वतबाट गगन थापा प्रदिप, कञ्चनपुरबाट देविदत्त पाण्डे रहेका छन् । त्यसैगरी अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष शरद रसाइली, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई पनि गिरफ्तार गरिएको छ । प्रहरीले राजधानीबाट मात्र ७५ जनाभन्दा बढी कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको माओवादीको केन्द्रीय कार्यालयले जनाएको छ ।

त्यसैगरी सेती र महाकाली अञ्चलबाट एक सय सात जना गिरफ्तार भएका छन् । दोलखामा सेक्रेटरी सञ्जिव नेपालीसहित अर्जुन योगी, राजन धनुके, परखर लामा, राम ढुंगेल, राज कुमार बिक, नवराज अर्याल गिरफ्तार भएका छन् । त्यसैगरी सिन्धुपाल्चोकमा सेक्रेटरी कमल माझीसहित ३ जना गिरफ्तार भएका छन् । त्यसैगरी बाँकेबाट जिल्ला समिति सदस्यहरु योद्धा र सुमनलाई गिरफ्तार गरिएको बाँके जिल्ला सेक्रेटरी मानबहादुर रोकाया शक्तिले जनाएका छन् ।

बाजुराका पूर्व सभासद डबल शाह, सेक्रेटरी एन्डिज विश्वकर्मा, डोटीका सेक्रेटरी विवेक कुमाल र अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य गणेश रैकालसहित ९ जनालाई प्रहरीले गिरफ्तार गरेको हो । त्यसैगरी काठमाडौंबाट नेकपा माओवादीको युवा संगठन युवा जनस्वयमसेवकका उपत्यका संयोजक पूर्ण रसाइली रक्तिम र केन्द्रीय सदस्य मिलन खड्कासहित २३ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै नयाँबसपार्क नजिकैबाट बालकृष्ण महर्जनलाई गिरफ्तार गरेको छ । त्यस्तै कोटेश्वरबाट अखिल नेपाल संचार छापाखाना मजदुर संगठनका अध्यक्ष जन्मदेव जैसीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

त्यसैगरी माओवादीका कैलाली जिल्ला सेक्रेटरी महेश बडुवालसहित २४ जना गिरफ्तार भएका छन् । झापामा पार्टीका केन्द्रीय सदस्य राजेन्द्र कार्की नविनसहित ४ जनालाई गिरफ्तार गरिएको छ ।

(स्रोत- दिपक विष्टको फेसबूक)

तपाइँको प्रतिक्रिया