भूकम्प पिडितलाई सहयोग गर्न पेरिसमा सांस्कृतिक कार्यक्रम

ekta-samaj

नेपाली एकता समाजले भूकम्प पिडितलाई सहयोग गर्न कार्यक्रम गर्दै छ । यही जुलाईको १९ तारिख आईतवारका दिन लोकप्रिय कलाकार प्रमोद खरेल सहितको टोलीलाई निम्त्याएर कार्यक्रम गर्न लागेको हो । आइतवारका दिन प्रमोद खरेलसँगै आस्था रावत र आशिस्मा नकर्मीलेपनि गाउने छन् । साथमा केही गीतमा पेरिसका स्थानिय कलकारलेपनि साथ दिने छन् । लाकुर्नभ मेयर कार्यालयको हलमा हुन लागेको यो कार्यक्रम तिन बजे शुरु हुन्छ ।

यसको राम्रो पक्ष के हो भने कार्यक्रमबाट उठेको सम्पूर्ण बचत रकम भूकम्प पीडित नेपालीकालागि खर्च गरिने आयोजक नेपाली एकता समाजले जनाएको छ । प्रबेश शुल्क १५ युरो लाग्ने छ । तर १४ वर्ष मुनिकालागि निशुल्क गरिएको छ । त्यहाँ कसरी पुग्ने जानकारी नभए तस्विरमा हेर्नुस् । वा नेपाली एकता समाजलाई संपर्क गरेपनि हुन्छ ।

तपाइँको प्रतिक्रिया