गित

-घायलश्री, पर्बत

ghayal8

 

शुन्य छ गाउँ शुन्य छ ठाउँ शुन्य छ बस्ती यो ।

 

नहुँदा तिमी झन शुन्य मन सहन अती भो ।। 

 

 

संसार हाक्ने त्यो चन्द्र आँट्ने लक्ष्य भो बिरानो

 

लाग्दोहो तिमीलाई यो हाम्रो कथा वर्षौं झैं पुरानो ।

 

 

नभन जोखौं हाम्रो मायामा कसको के क्षति भो

 

नहुँदा तिमी झन शुन्य मन सहन अती भो ।।

 

 

हुलेर गयौ हावा र हुरी दिलको झ्याल खोलेर

 

क्षण भरमै जीवन खरानी भयो बिछोडले पोलेर ।

 

 

डाँडाको जूनझैं यो मेरो जीवन हरे के गती भो

 

नहुँदा तिमी झन शुन्य मन सहन अती भो ।। 

तपाइँको प्रतिक्रिया