नेपाललाई सहयोग गर्न आइफल टावरकै अगाडि अभियान

10990051_822743477800687_5641689633230057503_n

बिनासकारी भूकम्पबाट पीडित बनेका नेपालीलाई सहयोग गर्न बिभिन्न मुलुकमा रहेका नेपालीहरु फरक फरक तरिकाले लागेका छन् ।  विश्वकै आश्चर्यमा पर्ने आइफल टावर अगाडि पेरिस निवासी नेपालीहरुले यही साता सहयोगको अभियान चलाए । पेरिसमा रहेको तमु समाज फ्रान्सले आइफल टावर अगाडि भूकम्प पिडितका लागि भेला आयोजना गर्‍यो ।

11390082_822743587800676_3083301199475657055_n

10998646_822743657800669_5457147877808708639_n

11391758_822743607800674_8479695092306350064_n

उनीहरुले नेपाली परिकारहरु बनाएर बिक्री गरे । त्यसबाट उठेको रकम नेपालमा भूकम्प पिडितलाई सहयोग गर्न । त्यसैगरि उनीहरुले ‘सोलिडारिटी नेपाल’ लेखिएको टिसर्टपनि बिक्री गरेका छन् । त्यसबाट उठेको रकमपनि भूकम्प पिडितकालागि सहयोग गर्ने छन् ।

तपाइँको प्रतिक्रिया