विदेशमा पनि महिला त बझाङका जस्ता

ददिराम सापकोटा

 दुई दशकदेखि पेरिसमा बसोबास गर्दै आएकी ज्ञानु कायस्थको अनुभवमा नेपाली पुरुषहरु महिलालाई अगाडि बढ्नै दिँदैनन् नेपालमा जस्तो महिलाहरुले घरायसी काममा मात्रै सीमित रहेर हुँदैन पुरुषहरुले मात्रै जागिर खाएर यहाँ गुजारा चल्दैन दैनिक जीवन महङ्गो हुनाले महिला पुरुष दुवैले आर्थिक कमाइ गर्नुपर्छ दिनभरि पुरुषसरह काम गरे पनि साँझ फर्किएपछि घरको अधिकांश काम यहाँ पनि महिलाले नै गर्छन् यसले गर्दा महिलाहरु बूधुवाजस्ता भएका छन् यदाकदा नेपालीहरुले गर्ने सामाजिक कार्यक्रममा महिलाहरुको सहभागिता हुन्छ तर त्यही सहभागिता पनि महिलाको निर्णय चासो सहमतिमा भन्दा पुरुषहरुको निर्णयमा हुने गर्छ यहाँ पुरुषहरु मात्रै अगाडि बढ्न खोज्छन् महिलाहरु खासै बोल्दैनन् पुरुषहरुले मात्रै फाइदा लिन्छन् बाहिरको महिलाहरु बोल्न खो खोज्यो कि जहाँ पनि पुरुषहरु नै अगाडि बढेर बोल्छन्‘- ज्ञानु भन्छिन्– ‘मलाई यहाँका महिलाहरु नेपालमाभन्दा पनि अझ पछाडिजस्तो लाग्छ  

फ्रान्समा झण्डै सात दर्जन संस्थाहरु नेपालका निम्ति भनेर खोलिएका छन् तीमध्ये झण्डै एक दर्जन पेरिसमै कार्यरत छन् यहाँ सक्रिय एनआरएन फ्रान्स, एभरेष्ट एशोसिएसन, नेपाली सांस्कृतिक गृह पेकोफेन मुख्य संस्था हुन् तर, यी संस्थामा महिलाहरुको सहभागिता हेर्यो भने पाँच प्रतिशत पनि छैन संभवतः यहाँको सबैभन्दा ठूलो संस्था नेपाली सांस्कृतिक गृहमै एकजना पनि नेपाली महिलाको सहभागिता छैन नेतृत्व तहमा कतिपय पुरुषहरु भने चारपाँचवटासम्म संस्थाको नेतृत्व तहमा बसेका छन्  

नेपाली महिलाहरु अशिक्षित भएरै हो भन्ने अवस्था पनि छैन अधिकांश महिला शिक्षित नै छन् कतिपय यहींकै उच्च शिक्षा लिएका पनि छन् यी महिलाहरुको उपस्थितिसमेत कतै देखिँदैन पेरिसमा सभा दिमालय (हिमाली बाटो) नामको रेष्टुराँ खोलेका चितवन भण्डाराका रविन शर्मा ओलीका विचारमा पनि यहाँका नेपाली महिलाहरु पीडित छन् उनको विचारमा नेपालमा उच्च शिक्षा हासिल गरेका महिलाहरुले व्यक्तिका घरमा निम्नस्तरको काम गर्नुपरेकाले पनि बढी पीडित चिन्तित बन्ने गरेका हुन् त्यसो नेपालमा झैं यहाँ पनि पुरुषहरुबाट दूर्व्यवहार हुने गरेकाले महिलाहरु टाढै बस्न रुचाउँछन् नजिक पर्‍यो बोलचाल गर्‍यो केही समयपछि भिन्नखाले चाख देखायो नटेरेपछि कुरा काइते दुर्व्यवहार गर्न थाल्छन् त्यही डरले महिलाहरु पनि टाढै बस्न रुचाउँछन्‘- ओलीले भने  

नर्वेबाट र्फकनासाथ अमेरिकातिर हान्निएका एमाले अन्तर्राष्ट्रीय विभाग प्रमुख भीम रावल भने युरोपमा बसे पनि पुरानै संस्कारमा बसिरहेकाले नेपाली महिलाहरुको अवस्था नसुध्रिएको धारणा राख्छन् बाहिर काम नगरी गुजारा चल्दैन घरमा आएपछि पनि घरायसी कामजति महिलाकै जिम्मामा छोड्ने सबै काम महिलाले नै गरेपछि कहाँबाट पाउनु अगाडि बढ्न ?’ पेरिसमा भएको भेटमा रावलले भने  

त्यसो महिलाहरु अगाडि बढ्न नसक्नुमा महिलाहरुकै कमजोरी पनि नभएका होइनन् यूरोपमा बसेर पूरै नेपालको जस्तै खोज्ने पुराना कुरीतिहरुमै रमाउने महिलाहरु भएकाले पनि अगाडि बढ्न नसकेका हुन् झन् खल्लो यथार्थता के भने फ्रान्समा नेपाली समुदायको संख्या बढ्दो भने नेतृत्व तहमा बस्ने महिलाहरुको संख्या झन् घट्दो महिलाहरु स्वयं परिवर्तन हुन नखोज्ने, नेतृत्वमा अधिकार नखोज्ने गरेकाले पनि पुरुषहरुको बर्चश्व बढी भएको हो नेपाली राजदूतावासले आयोजना गर्ने जमघटमा नेपाली सारी नलगाउने महिलाहरुको महिलाहरुले नै कुरा काट्ने गरेको स्मरण गर्दै ज्ञानु कायस्थले भनिन्– ‘देशको संस्कृति बिर्सनुहुन्न तर, आफ्नै बाबुबाजेको पालामा जसरी महिलाहरु नै बस्न खोजेपछि कहाँबाट हुन्छ महिलाको प्रगति ?’  

मलाई सामाजिक संघसंस्थामा काम गर्ने इच्छा तर, लोग्नेले गर्दा नपाउने भएँ अबदेखि कुनै पनि बैठकमा उपस्थित हुने छैन‘- गैरआवासीय नेपालीहरुको संस्था एनआरएन फ्रान्सको एउटा बैठकमा एक नेपाली महिलाले निन्याउरो पर्दै भनिन् सामाजिक वा राजनीतिक कुनै पनि संघसंस्थामा आबद्ध भएमा पारिवारिक सम्बन्ध तोड्ने पतिको धम्की पाएपछि पति वा सामाजिक संस्थासूगको सक्रियतामध्ये एक रोज्न बाध्य भइन् उनी मन अमिलो पार्दै सामाजिक संस्थासूगको नातो छोड्न बाध्य उनी भन्दै थिइन्– ‘महिला समानता, महिला समानता कहाँ महिला समानता ?’  

फ्रान्स होस् वा बेलायत इटाली होस् वा जर्मनी विकसित, सभ्य अवसरै अवसर भएको मुलुकमा बसेको ठानिए पनि धेरै नेपाली महिलाको अवस्था नेपालकै कामकाजी महिलाको भन्दा धेरै भिन्न छैन फ्रान्स, जर्मनी, बेलायत, बेल्जियमजस्ता यूरोपेली मुलुक भन्नासाथ आर्थिक रूपमा सम्पन्न भइन्छ सभ्य समाजसूग हातेमालो गर्न पाइन्छ उच्च स्वतन्त्रताको उपभोग गर्न पाइन्छ महिला पुरुषबीच समानता हुनाले महिलाहरुले अगाडि बढ्ने अवसर पाउूछन् भन्ने सोच्छन् अधिकांश नेपालीहरु तर, यी मुलुकका नेपाली महिलाको अवस्था भने बिल्कुलै फरक अझ सामाजिक सक्रियता नेतृत्वदायी भूमिकामा यहाँका नेपाली महिलाहरु नेपालका महिलाहरुभन्दा पनि पछाडि छन् नेपालका राजनीतिक नेताहरुदेखि दशकौंदेखि यहीं बसेका नेपालीहरुको अनुभवले पनि त्यही भन्छ  

नेकपा (एमाले) का विभाग सदस्य भीम रावल गत नोभेम्बरमा यूरोपेली मुलुकका नेपालीहरुलाई संगठित गर्दै हिँडेका थिए नेपाली समुदायसँग निकै समय बिताएका उनको अनुभवमा पनि यूरोपमा बस्ने नेपाली महिलाको अवस्था नेपालमाभन्दा खासै सुधारिएको छैन नेपाली समुदायसँग हेलमेल हुँदै पेरिस आइपुगेका बेला उनले पंक्तिकारसँग भने– ‘यत्रा अवसरहरु भएका मुलुकमा बसे पनि नेपाली महिलाहरुको सहभागिता नै छैनसांगठानिक नेतृत्वतहमा यहाँका महिला बझाङका जस्तै रहेछन् ‘  (जन आस्था साप्ताहिक, बैशाष १२, २०६४; २५ अप्रिल, २००७)

तपाइँको प्रतिक्रिया