नेपाललाई सहयोग गर्न स्विजरल्याण्डमा राष्ट्रिय अभियान
नेपालमा भूकम्पले लिएको क्षतीले धेरैलाई मन दुखाएको छ । कतिपय नेपाल प्रेमी रातदिन खटेका छन् । आफ्नो देशका मेडिया, आफ्ना साथीभाई, परिवार, संघ संस्थाहरुलाई परिचालन गरिरहेका छन् । नेपालप्रेमी स्विसहरुले अहिले नेपालको लागि अअर्थिक सहयोगको आव्हान गर्दै राष्ट्रिय अभियाननै चलाएका छन् । स्विस सरकारका तर्फबाट सन १९७२ तिर नेपालमा सडक नक्शाङ्कन गर्न आएका स्विस इन्जिनियर एडवार्ड मुलेमान अहिले यही काममा खटिएका छन् । उनले स्विजरल्याण्डका मेडियाहरुमा नेपालअका बारेमा, अहिलेको भूकम्पका बारेमा अन्तर्वाता दिने र सहयोगको बातावरण मिलाउने गरिरहेका छन् । स्विस मेडियाहरुलेपनि त्यसलाई प्राथमिकताकासाथ स्थान दिएका छन् । तिनले स्विस नागरिकहरुलाई नेपाललाई सहयोग गर्न प्रेरित गरिरहेका छन् । सहयोगको यो अपिललाई राष्ट्रिय अभियानकै रुपमा लिईएको छ ।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक





