बाँच्नुको अर्थ

लक्ष्मी सापकोटा, बेलायत

 

जिन्दगीको सँघार त तर्नु नै थियो

 

जसरी भएपनि जीवन जिउनु नै थियो

 

बाध्यता र विवशताका पर्खाल ठूलो थिए

 

तै पनि कसैको लागि बाँच्नु नै थियो ।

 

 

आशाको त्यान्द्रो समातेर होस्

 

निरशाको बादलमा पुरिएर भएपनि

 

कुहिरोमा रुमलिएको कागसरी

 

अस्तब्यस्त शहरमा हराएर भएपनि

 

कसैको लागि बाँच्नु नै थियो ।

 

 

बालुवाको तातोले मुटु पोले पनि  

 

लूलागेर छातीमा दर्द बल्झिएर

 

मरुभुमिमा तिर्खाएको जीवनसरी

 

जिन्दगीका त्रिष्णाहरु तिर्खाएर जिए पनि

 

आखिर कसैको लागि बाँच्नु नै थियो ।

 

 

अरुको लागि बाँच्दा बाँच्दै

 

आफ्ना इच्छा आकांक्षा भोली भनेर साँच्दै

 

मनमा मुर्झाएका कोपिलाहरु फुल्न नपाउँदै

 

शीतलहरमा परि मुन्टो निमोठिए पनि

 

फेरी कसैको लागि बाँच्नु नै थियो ।

 

 

कारण के हो भने

 

तिनिहरुसँग मेरो मनको नाता छ

 

पवित्र आत्माले साँचेको माया छ

 

अनि मानब भएको नाताले

 

पूरा गर्नै पर्ने मेरो आफ्नै कर्तब्य छ ।   

तपाइँको प्रतिक्रिया