कविता : नयाँ सालको शुभकामना
- राकेश कार्की / लस एन्जेलस
त्यो मेरो टुक्रो खेत बारीलाई
त्यो सानो गाउँ, नर नारीलाई
सबैजना आफ्नै, आफन्तको भावना
नयाँ सालको मंगलमय शुभकामना
++++++++++++
जातो पिन्नेलाई, ढिकी कुट्नेलाई
दाउराको चुल्होलाई, भटमास भुट्नेलाई
साँझमा विश्राम खोजी आए पाहुना
ल है नयाँ सालको शुभकामना
++++++++++++
बुढाबुढीको मुस्कान केटाकेटीको स्वरलाई
गाईवस्तुको गोठलाई, बाख्राको खोरलाई
सम्झिरहे त्यो खोलामा झरेको झरना
नयाँ सालको मंगलमय शुभकामना