कति एनजिओको हुने भो त उठिबास ?
नेपालमा एकजिओहरु रहेसम्म कहिल्यै देशको प्रगति हुन्न । देश विकासको बाधक हुन् एन जिओहरु भन्ने मानिस निकै छन् । दश वर्षे जनयुद्दका बेलापनि माओवादीहरुले थुप्रै एनजिओका कार्यालयमा आक्रमण गरेका थिए । एकिक्रित क्रान्तिको दस्तावेज अगाडि सार्दै जनयुद्दको निति लिएका भनिएको नेकपा माओवादी अर्थात् बिप्लवको पार्टीलेपनि एनजिओहरुमाथि आक्रमण गर्ने योजना बनाएको बुझिएको छ । थुप्रै एनजिओहरुलाई उठिबास गराएर लघार्नुपर्ने निर्णयमा उनीहरु पुगेका छन् । उसले अब एन जिओहरुमाथि धमाधम कारवाही थाल्ने तयारि गर्दै छ । तर जनयुद्दका बेलामा नेकपा माओवादीले लिएको आक्रमणको शैली भन्दा केहि फरक तरिकाले ।
यतिबेला बिप्लवको पार्टीले धेरै विषयमा आन्तरिक तयारि र अध्ययन गरिरहेको बताइन्छ । उसले दलाल, तस्कर, ठेक्कापट्टामा अनियमितता गर्ने, कालोबजारियाहरुको सूची तयार पारिरहेको छ । शिक्षामा अनियमितता गर्ने, शैक्षिक माफियाहरु र चर्को शुल्क लिनेहरुकोसमेत अध्ययन गरिरहेको बुझिएको छ । उनीहरुले एन जिओहरुमाथि विशेष निगरानी र अध्ययन गरिरहेका छन् । एन जिओका रुपमा बसेर सबै गोप्य सूचना बिदेशी प्रतिक्रियाबादीहरुसमक्ष पुर्याउने । जनतालाई ठग्ने । रिपोर्ट मात्रै बुझाएर करोडौं खाने । एनजिको रुपमा गाउँमा पसेर धर्म परिवर्तन गराउन लगानी गर्ने । जनबिरोधी काम गर्ने । जनतालाई पराश्रित गराउने । जातिय र धार्मिक द्वन्द फैलाउन बिदेशी लगानीमा गोप्यरुपले काम गर्ने । करोडौं खाएर टालटुले काम गर्ने र अधिकांश रकम भ्रस्टाचार गर्ने । सरकारी अधिकारी, र्पशासकहरुसित मिलेर बिदेशीहरुलाई बिभिन्न परियोजनाको इजाजत दिने । यिसबैको गोप्य सूचना लिइरहेको स्रोत बताउँछ । त्यसका लागि क्षेत्र क्षेत्र छुट्ट्याएर माओवादीले गोप्य अध्ययन गरिरहेको छ । सूचना जम्मा पारेपछि त्यसको सुक्ष्म अध्ययन गरिने छ । त्यस्ता छली, भ्रस्ट, जासुसी गर्ने सबै एनजिओहरु बन्द गरिने छन् । पहिले सचेत पार्ने र नमानेमा कारवाही गर्ने योजना बन्ने छ ।
तर केहि एनजिओहरुले गाउँमा राम्रो काम गरेको, क्रिषी, पशु, ह्सिक्षा र स्वास्थ लगायतका क्षेत्रमा जनताको पक्षमा सकारात्मक काम गरेकोले तिनलाई केहि नगर्ने, बरु स्वतन्त्र ढंगले जनमुखि काम गर्ने एनजिओहरुलाई संरक्षणको निति लिने योजना रहेको स्रोत बताउँछ ।
माओवादीले चनाखो पूर्वक हेरेको भनिएको अर्को क्षेत्र सञ्चार हो । गाउँ गाउँमा रेडियो र पत्रपत्रिका चल्ने । तर त्यसको खर्चसम्म चल्न सक्ने अवस्था नभएपनि अक्सरि र कुन स्रोतमा चलिरहेका छन् भन्ने अध्ययन उनीहहरुले गर्ने छन् । बिदेशी वा गोप्य सहयोगमा चल्ने यस्ता मेडियाहरुपनि कारवाहीमा पर्ने छन् । त्यसकोलागिपनि माओवादीहरुले गहिरो अध्ययन गर्दै छन् । गाउँ गाउँमा यस्ता गोप्य स्रोतका बारेमा जानकारि लिन माओवादीले विशेष अध्ययन टोली खटाएको छ । यस्ता गलत काम, गोप्य लगानी र समाजमा नकारात्मक प्रभाव पार्ने क्रियाकलाप र लगानीका बारेमा जनतालाई उजुरी हाल्न लगाउने योजनापनि उनीहरुले बनाएका छन् । तर दश वर्षे जनयुद्दकालमा कतिपय राम्रा एनजिओहरुपनि अन्धाधुन्ध कारवाहीमा परेको, आक्रोश र कतिपय नेता तथा कार्यकर्ताको प्रतिशोधकै भरमा कारिवाही गरिएकाले पार्टीलाई बदनाम गराएको उनीहरुको बुझाइ छ । अब भने नेकपा माओवादीले अध्ययन र अनुसन्धान गरेर पार्टीको निर्णयबिना त्यस्तो कारवाही गर्न नहुनेमा उनीहरु पुगेका छन् ।
गाउँ गाउँ डुलेर सूचना लिईसकेपछि त्यसलाई गहिरो अध्ययन गर्ने । भ्रस्ट एनजिओहरुलाई जुन सुकै पार्टी, जोसुकै संलग्न भएपनि कारवाही गर्ने उनीहरुको योजना छ । उनीहरुले आफ्नै कार्यकर्ताहरुसमेत बिगतमा माओवादी जनयुद्दका बेला भित्र भित्रै एनजिओहरुसित गोप्यरुपमा संलग्न भएकाले फेरि त्यसो नगर्न नपाउन् भनेर त्यसलाई कडाईकासाथ निगरानी गर्नुपर्ने आवाज उठेको छ ।




