गैंडालाई पर्सा वन्यजन्तु आरक्ष भित्र प्रवेश गराइयो
- मणिराज गौतम / हेटौडा
चितवन राष्ट्रिय निकुञ्जबाट हेटौंडा बजार प्रवेश गरेको गैंडालाई आज पर्सा वन्यजन्तु आरक्ष भित्र प्रवेश गराइएको छ । हिजो चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको गैंडालाई पर्सा वन्यजन्तु आरक्षको दुईवटा हात्ती र चितवन राष्ट्रिय निकुञ्जको दुई वटा हात्तीको सहयोगमा जंगल प्रवेश गराइएको हो । गैंडा नियन्त्रणमा लिनका लागि नेपाली सेना, प्रहरी, पर्सा वन्यजन्तु आरक्षको टोली सोमबार देखी खटिएपनि सफल हुन सकेको थिएन र मगलबार बिहान मात्र हातिको सहयोगमा गैडा नियन्त्रणमा आएको हो ।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक




