लाचार माया

-राम कृष्ण बर्तौला

 

कोरा कपडाले पर्खाल बन्थ्यो त

 

ढुंगा इट्टा जोड्नुको महत्तो के ?

 

 

क्षणिक भर रिसाउँदैमा सकिन्थ्यो त माया

 

ताज महलको महत्तो के ?

 

एक्लिएर जिबन चल्ने नै भए माया

 

ढुकुर जोडिलाई पबित्रताको संज्ञा दिनुको महत्तो के ?

 

 

यदि तिमिमा चाहना नै थिएन त माया

 

मायाको नौटंकी रच्नु को महत्तो के ?

 

फेर्दै हिँड्नेहरुको लागि मात्रै हो भने माया

 

पबित्र माया हुन्छ भन्नु को अर्थ के ?

 

 

जसरी पनि बाँच्न त सकिन्छ भने माया

 

एक अर्कोमा माया साट्नु को महत्तो के ?

 

अब भन्छौ मेरो मायामा खोट् छ भनेर

 

त्यस्तो भए म तिम्रो पछि भाग्नु तात्पर्य के ?

 

दुई आत्माको संगम हो माया भने

 

म एकोहोरिएर एक्लै पिँडा सहनु को अर्थ के ?

 

[email protected]

कुम्रोज-७ चितवन

हाल-बग्दाद, इराक

 

 (साथीहरु, नेपालप्लसलाई यति धेरै कविता र गजल आएका छन् कि ति तत्कालै प्रकाशित गर्न सक्ने अवस्थानै छैन । त्यसैले तपाईहरुका कविता स्विकार भएपनि प्रकाशित हुन केहि हप्ता लाग्न सक्छ । केहि पाठकहरुले रोमनमा पनि लेखेर पठाउनु भएको छ कविता । त्यसरि लेखिएका कविता स्विकार्य छैनन् । नेपाल प्लसमा छिटो स्थान पाइयोस भन्ने लाग्छ भन्ने साहित्यका अन्य बिधामा पनि कलम चलाउनुहुन अनुरोध छ-नेपालप्लस)

 

 

 

 

 

तपाइँको प्रतिक्रिया