ईटालीको मिलानमा नेपालीको जमेछ जमघट

dsc0172611

 

ईटालीमा गरेछन् नेपालीसाथीहरुले रमाईलो । नयाँ वर्षको उपलक्ष्यमा गरेको जमघटको सानो समाचार र केहि फोटा बल्ल आज आइपुग्यो भोज आयोजना गर्ने संस्था मितेरी मञ्च परिवारका सचिव भवेश सिंहको नाममा । ढिलो आएपनि कार्यक्रम आयोजना नहुँदै थाह पाएको थिएँ । नेपालप्लसले जुराएका एक जना मित्र मिलानका मुकुन्द पौड्यालबाट । उनले मलाई हाम्रो जमघट हुँदै छ ददिजी भन्दै केहि दिन पहिलेनै सुनाएका थिए ।

 

dsc017461

 

नयाँ वर्ष पारेर उनीहरुले शुभकामना बाँडे । भाईचारा बढाउने काम गर्दै आएको मिलानको मितेरी मञ्चले सबैलाई कार्यक्रममा मितेरीको काम गर्‍यो । कास्सिना स रोमानो भन्ने पार्कमा उनीहरु भेला भए । मिलान शहरमा बसेका मात्रै होइन अन्यत्रकालाई लाई बोलाए । आफुले मात्रै भोज गरेनन् त्यहिँका रैथाने र अन्य मुलुककालाइपनि बोलाए छन् जो नेपाल भनेपछि हुरुक्क हुन्छ । नेपाली भनेपछि आँखामा साँच्छ । मित्रताको लहरो फ्याँक्छ । आखिर हामी नेपालीको बानी न हो पाहुनालाई खुवाउन पाउँदा मन त्यसै त्यसै चंगा हुने ।

 

dsc017041

 

जमघटको त्यहि मौकामा नेपाल मितेरी मञ्च मिलनका नयाँ कार्यकारी चुनाव समितिका संयोजक तथा सल्लाहकार डा भीम बहादुर बमले नया कार्यकारी समितिलाई नयाँ वर्षको शुभकामना तथा बधाईका साथसाथै कार्यभार सुम्पिएछन् । मंचका सल्लाहकार कुमार राइ, क्रिष्ण प्रसाद न्यौपाने तथा बिशाल तामांगले उपस्थित सबैलाई शुभकामना तथा स्वागत मंतव्य दिए । मञ्चका अध्यक्ष राजन खरेलले नेपाल र नेपालीको उत्तरोत्तर प्रगति र शान्तिको बधाई सन्देश दिए । त्यसपछि नेपाली खानाको स्वाद लिए नेपाली र बिदेशी सबैले। बल्ल तल्ल भएको जमघटमा नेपाली गित नघन्कने कुरै भएन । नेपाली गित घन्किन थालेपछि ननाची कोहि बस्न सक्छ ? अनि जम्यो नाचपनि केहिबेर । बरु साथीहरुले फोटोहरु अलि ब्रिहद रुपमा सहभागि भएका र बिभिन्न पोजका पठाउन सकेनन् र पो अलि खल्लो जस्तो भो त !

तपाइँको प्रतिक्रिया