गाउँ गाउँबाट जाग्दै दलित

dalit-1

जनजाति, मधेशी, थारु लगायतका अन्य समूदायले आ आफ्ना अधिकारकालागि सांगठनिक संघर्ष, आन्दोलन र प्रयास गरिरहेका बेला सबैभन्दा उत्पिडनमा परेका भनिएका दलितहरू चुपचाप थिए । तर अब भने ति चुपचाप नबस्ने भएका छन् । संविधान निर्माणको चर्चा चलिरहेका बेला आफ्ना अधिकार सुनिश्चित गर्न ति जाग्न लागेका हुन् । दलितहरूले अहिले गाउँ गाउँ गएर संगठन निर्माण गर्ने र दलितहरूलाई जगाउने गरिरहेका छन् । दलित त्यसमा नि महिला साच्ची नै दोहोरो मारमा पारेकोले दलित एकता संजाल नेपालले, महिला सशक्तिकरण अभियान शुरु गरेको छ ।

dalit-2

दलितहरूलाई जगाउन गाउँ गाउँ खटिएका तीनले भनेका छन् ‘समस्या त गाउँ भिर पाखाहरुमा पो छ त । जागरण र अभियान त त्यहाँ पुग्नु । एकदिन यो अभियान, गाउँ कुना काप्चा गर्दै नेपालभरि पुग्नेछ । तब सबैको आँखा खुल्नेछ ।’ अहिले उनीहरूले ‘दलित एकता आजको आवश्यकता छुवाछूत मुक्त समाज निर्माणको लागि सम्पूर्ण नेपालीहरुको सहभागिता” भन्ने मुल नाराका साथ अभियान अगाडी बढाएका छन् ।

dalit-3

dalit-4

उनीहरुले गाउँमा गएर उत्पिडनमा परेका दलित महिलाहरूलाई सन्जालको मर्म र दलित आन्दोलनको महत्वबारे बुझाउँदै छन् । उनीहरूले गाउँ गौँमा अन्तर्क्रिया, छलफल गर्ने र संगठन बनाउने गरिरहेका छन् । जब सम्म समाजमा सबैभन्दा पिँधमा पारिएका जातीय विभेद र लैंगिक असमानताको खाड्लमा जबर्जस्ती पुरिएका दलित नारीहरु समानताको सतहमा आउन सक्दैनन् तब सम्म समाजमा बिद्द्मान जातीय छुवाछूत र यस्ले निम्तायको दलन ,शोषण ,हिंसा बाट मुक्ति को सार्थकता छैन भनी संजालले अभियान शुरु गरेको हो ।

dalit-5

यहाँ त नारिहरुलाइ घर भित्र को खजाना हो जुन घरमा मात्र प्रयोग गरिनु पर्छ । समाजमा बाहिर दुई शब्द बोल्यो भने पोथी बासेको सज्ञा दिइन्छ । सामुहिक छलफल होस् या गोष्ठी । घर होस् या समाज । नारीहरुका निर्णय लागू हुन् सक्दैनन् । यो हाम्रो समाज र पितृसत्तात्मक संस्कारले नारीहरुलाइ आफू आफैंमा बिबशताको जन्जिरमा बाधिरहनु परेको तितो यथार्थ छ । ससारलाई बदल्नि साहस छ । नारीमा कमजोर होइनन् । नारीहरु सामाजिक संरचनाको मानसिकताले कमजोर बनाइएको हो । मात्र यहाँ चाहिन्छ नारीहरुलाइ घर परिवारको सहयोग । वातावरण अनि अवसर । उनीहरूले अभियान चलाएको संस्था ‘दलित एकता संजाल नेपाल’ले भनेको छ ।

dalit-6

दलित अभियानमा लागेका सागर नेपालीले दलित  आवाजमा लागीका साफर नेपालीले दलितको भावना यसरी गित मार्फत् ब्यक्त गरेका छन् 

दलित बस्तीमा सूर्य उदाउनु पर्छ 

संजाल तिमी चारै तिर छाउनु पर्छ, गरिब दुखिका झुपडीमा पुग्नुपर्छ

दलीएर पिसिएर बाबुआमाहरु, कठै चुँ सम्म गरेनन ति कलेटी ओंठहरु

कर्मशील तिम्रा हातहरु, लागे जन्जीर सामाजिक बन्धनहरु

उठेका यि हातहरु गुञ्जेका यि स्वरहरु, दलित बस्तिमा अब पुग्नुपर्छ

ढकढक नगरी खुल्दैन ढोका, न्यायको लागि लड्नु पर्छ

एकताको लागि जुट्नु पर्छ, अन्याय बिरुद्ध उठ्नुपर्छ

सुतेर झाँगर तरिन्न कहिँ, निन्द्राबाट ब्युझनुपर्छ

एकता र समानताको बिगुल फुक्दै, परिबर्तनको शिखर चुम्नुपर्छ

त्यो हिजो थियो दुखेरै बित्यो, मल्हम अब खोज्नुपर्छ

अल्छि गर्यौ सुत्यौ धेरै, दलित अब जाग्नुपर्छ

गुलियो बचन मिठो आश्वासन, भुल्नु भुल्यौ दलितहरु

विभेदका पर्खालले छेकेका किरण, दलित बस्तिमा सूर्य उदाउनु पर्छ !

(तस्विरहरु- दलित आवाज) 

हामीलाई फेसबुक र ट्विटरमा पछ्याउनुस् 

https://www.facebook.com/nepalplus

https://twitter.com/nepalplus

फ्रान्सेली भाषा बोल्ने साथीहरु छन् भने फ्रान्सेली भाषाको लागि सिफारिस गर्नुस्

https://www.facebook.com/nepalplusenfr

https://twitter.com/nepalplus

तपाइँको प्रतिक्रिया