बर्माका नेपालीलेपनि मनाए माघी

maghi-in-Burma

बर्मामा बसेका नेपालीलेपनि माघी मनाएका छन्, नेपालीले झैं । नेपालबाट टाढा बसेपनि उनीहरूले आफ्नो संस्क्रिती भुल्न नसकेर माघी मनाएका हुन् । एक सय १९१ वर्षदेखि बर्मामा बस्दै आएका नेपालीहरू आज बिहानै ऐरावती नदीमा स्नान गर्न गएका थिए । उनीहरूले त्यहाँ नेपालमा जसरि माघी मनाइन्छ उसैगरी मनाउने गर्छन् । बर्मामा नेपालीहरूको संख्या कम भएकाले आफ्नो धर्म र संस्क्रिती अन्य समूदायसित बिलिन होला की भन्ने सधैं चिन्ता रहने गरेको बर्माकी धानी गौतमले बताइन् ।

nepali-in-Burma

‘हामी थोरै छौं त्यसैले अर्को समूदायमा बिलिन भइन्छ की भन्ने चिन्ता लाग्छ । नेपाली पहिचान नमेटियोस भनेर हामी नेपालको धर्म, संस्क्रिती र चाडपर्व नेपालमै जसरि मनाउने गर्छौं ।’ उनीहरूले दशैं, तिहारपनि धुमधामले मनाउँछन् । घरघरमा देउसी भैलो खेल्छन् । लक्ष्मी प्रसाद देवकोटा, बालक्रिष्ण शम, माधव, घिमिरे, लेखनाथ पौडेल सबै बर्माका नेपाली बिच जिवित रहेकोपनि  गौतमले बताइन् ।

तपाइँको प्रतिक्रिया