आतंककारीका बिरुद्द पेरिसमा मानव सुनामी, नेपालीपनि राष्ट्रिय झण्डासहित

manifestation-paris-11-01-2015 059

पेरिसको सार्ली एब्दो साप्ताहिक पत्रीकामा आक्रमण गरेर आठ जना पत्रकारसहित १२ जनाको ज्यान लिने आतंककारी बिरुद्दको मौन जुलुसमा आज पेरिसमा मानव सुनामी उर्लियो । फरक फफरकरक् मेडियाका अनुसार आज १० लाख देखि १५ लाख मानिसहरू प्रेस स्वतन्त्रता, अभिब्यक्ति स्वतन्त्रता, गणतान्त्रिक फ्रान्स, मानव अधिकार र समानताका लागि सडकमा उत्रिए । सरकारले सडक पेटीमा सुरक्षाकर्मी परिचालित हुने र मौन जुलुसमा सहभागीहरू मूल सडकमा हिँड्ने बताएको थियो । तर प्रदर्शनकारीको संख्या सरकारले सोचेभन्दा दोब्बर भन्दापनि बढि भएपछि साडकपेटी प्रदर्शनकारीकालागि खोलिदिएको थियो । यसमा हामी नेपालीपनि नेपाली झण्डा बोकेर सहभागी भयौं ।

10913461_4914402033718_1225824951_n

10933267_4914402353726_2014964585_n

manifestation-paris-11-01-2015 044

पेरिसस्थित कुनैपनि नेपाली संस्थाले संयोजन नगरेकाले नेपालीहरू एकै थलोमा जमघट हुन सकेनन् । तर नेपालीहरू आतंककारीको भयबाट तर्सिएनन र सहभागी भए । बिभिन्न समयमा बिभिन्न थलोबाट नेपालीहरू मौन जुलुसमा सहभागी भए । तप्त भण्डारी, सुरेस तामाङ, रेवत पुरी, हेमन्त उपाध्याय, सुशिला पुन, मुना पुन, रिता पुन, दिलिप गुरुङ लगायतका धेरै नेपाली फरक फरक ठाउंमा भेला भएर सहभागी भए, आआफ्नो समूह लिएर ।

manifestation-paris-11-01-2015 069

manifestation-paris-11-01-2015 075

manifestation-paris-11-01-2015 085

manifestation-paris-11-01-2015 090

manifestation-paris-11-01-2015 093

हामीलाई के लाग्यो भने धेरै फ्रान्सेलीले नेपाल चिनेका रहेछन् । तर झण्डा नचिनेका । अचम्मको अझण्डा अकारको झण्डा देखेपछि कुन देशको हो भनेर सोध्थे । नेपालको भनेपछि चिनिहाल्थे । अनि हाम्रो झण्डाको आकारले गर्दापनि धेरैले फोटो खिच्थे । अफ्रिकाको एक टिभीले त नेपाली सांस्क्रितिक ग्रिहका अध्यक्ष हेमन्त उपाध्यायसित अन्तर्वार्तानै लियो छोटो ।

manifestation-paris-11-01-2015 100

manifestation-paris-11-01-2015 110

manifestation-paris-11-01-2015 122

manifestation-paris-11-01-2015 137
manifestation-paris-11-01-2015 153

manifestation-paris-11-01-2015 181

manifestation-paris-11-01-2015 190

manifestation-paris-11-01-2015 208

manifestation-paris-11-01-2015 249

हामी नेपालीहरू जति सँगै भयौं । अन्तिमसममा बस्यौं । प्रेस स्वतन्त्रता, लेखकिय अधिकार, मानव अधिकार, फ्रान्सेली गणतन्त्र र अभिब्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्दता जाहेर गर्‍यौं । उपाध्यायको प्रयासले गर्दा ठूलो झण्डा लिन सफल भएका थियौं । फोटोमा देखिएको ठूलो झण्डा उनैले ल्याए र दिनभरी बोकेर हिँडे । धेरै फ्रान्सेलीले धन्यावादपनि दिए, नेपाल जस्तो टाढाको सानो देशका तर्फबाटपनि प्रतिनिधित्व गरेको भन्दै ।

तपाइँको प्रतिक्रिया