यस्तो छ कतारमा नेपाली दुतावासको हालत

qatar-embassy-bish-shrestha

कतारको दुतावासमा नेपालीहरूको घुइँचो लागेको देखिन्छ । त्यहाँ धेरै नेपाली छन्, स्वभाविकै हो । स्वदेशी बिदेशि पाहुना आउँने थलो हो दुतावास । देशको अवस्था देखाउने, दुई देशबिचका बिभिन्न काम गर्न बिदेशिहरू आउने थलो । तर दुतावसको चर्पीको हालत हेर्नुस् त कस्तो छ । कतारी नागरिकहरूको त उँटको गोठपनि यो भन्दा दशौं गुणा सफा हुन्छ । तर दुतावासको चर्पीमा बिस्ट्याउने ठाउँसम्म पुग्न नसकिने अवस्था दुतावासको चर्पीको हालतले देखाउँछ ।

वरिपरि इँट्टा नै इँटा छन्, महिनौं देखि सफा नगरिएका । भुइँमा कालो न कालो धब्बानै धब्बा छन् । महिनौं देखि कट्कटिएर बसेको । के नेपाल सरकार यति कमजोर भयो, एउटा दुतवासका दुई चर्पी सफा गर्नै नसक्ने ? चर्पी सफा गर्ने पानी र अलिकति साबुन किन्ने पैसो बराबरपनि कतारका नेपालीको रेमिट्यान्सले किन्न नसकिने हो ?

धेरै नेपालीहरू भिड लागेकाले फोहोर भएको हो भन्ने अवस्थापनि छैन् । यो देखिएको फोहोर एक दिन लागेको नेपालीको भिडले दिसा पिसाब गरेर कट्कटिएको पक्कै होईन । दुतावासले आव्हान गर्नुपर्‍यो ‘हामी चर्पी सफा गर्ने पानी र साबुन किन्न असमर्थ भयौं । हे बिदेशका नेपाली हो, हे कतारमा काम गर्ने गोर्खे हो हामीलाई चर्पी सफा गर्ने पैसो दान गरेर उठाइदेउ ।’ नत्र दुतावासले नेपाल र नेपालीको यस्तो बेईजत गरेको किन ?

फोटो- बिश श्रेष्ठ 

तपाइँको प्रतिक्रिया