पेरिसको चार्ली मेडियामा हमला, नौ पत्रकारसहित एघार मारिए

अपडेट ३– फ्रान्सेली मेडिया चार्ली हेब्दोमा आक्रमण भएको खबर पाउनासाथ घटना स्थल पुगेका फ्रान्सेली राष्ट्रपती फँस्वा ओलँदले भने ‘हाम्रो देश प्रेस स्वतन्त्रताको सम्मान र रक्षा गर्ने, एकताबद्द मुलुक हो । प्रेस स्वतन्त्रका बिरुद्द कुनैपनि अमानबिय दुष्कर्मलाई कुनैपनि हालतमा स्विकार्दैनौं र फ्रान्सलाई यहि मान्यतामा अडिग राख्ने छौं ।’
अपडेट २ – फ्रान्सेली मेडियाका अनुसार कम्तिमा १० घाइते
अपडेट  – घाइते मध्ये थप एकको पनि मृत्‍यु 

_56432071_013266980-1

फ्रान्सको राजधानी पेरिस स्थित ११ वडा मा आज अतिबादी, हमलाकारीले हमला गरेर कम्तिमा ११ पत्रकारलाई मारिदिएका छन् । त्यसमध्ये दुई जना प्रहरी हुन् । प्रहरीहरू हमलाकारीसितको भिडन्तमा मारिएका हुन् । संभवत आक्रमण शुरु हुनासाथ मेडियाको कार्यालयले सुरक्षाकर्मीहरूलाई खबर गरेकाले तत्कालै मेडियाको कार्यालय पुगेका सुरक्षाकर्मीसित भिडन्त भएको हो । अन्य छ जना सिकिस्त छन् । कतिजना घाइते छन् भन्ने यकिन गरिएको छैन । चार्ली हेब्दोको कार्यालयमा हमला गर्न दुई जाना नकावधारीहरू हतियारसहित प्रबेश गरेको फ्रान्सेली मेडियाले जनाएका छन् । उनीहरूले ३० राउण्ड गोली हानेका थिए । त्यसमध्ये एक रकेट लन्चरसमेत लिएर गएको फ्रन्सेली सुरक्षाकर्मीहरूले जनाएका छन् । अहिले त्यहाँ ठूलो भगदौड भैरहेको छ । घटना स्थलमा सयौं सुरक्षाकर्मी तैनाथ छन् । हमला भएपछि आकाशबाट हेलिकप्टरबाट समेत हमलाकारीको खोजी गरेका थिए । यो घटनाको तिब्र भर्त्सना गर्दै फ्रान्सेली राष्ट्रपती फँस्वा ओलँद घटनास्थल पुगेका छन् ।

Bernard+Henri+Levy+Charlie+Hebdo+First+Team+ZcyfmstkEM2l

सार्ली हेब्दो भन्ने मेडियाको कार्यालयमा हतियारधारीले आक्रमण गरेर इस्लामिक धर्म र इस्लाम समूदायबिरुद्द लेख्ने मेडियालाई चुनौती दिन खोजेको देखिएको छ । यस अघिपनी यो मेडिअय हाउसमा पटका पटका आक्रमण गरिएको थियो । तर यति ठूलो हमला हुन सकेको थिएन । यो मेडियाले इस्लामिकहरुका बिरुद्द लेखहरु लेख्ने र कार्टुनहरू छाप्ने गर्दै आएको थियो ।

131286770

यो आक्रमणस्थल भन्दा केही पार पोख्त द पँता भन्ने ठाउंमापनी दुई वडा निजी कारमाथि आक्रमण गरिएको छ । ती को हुन् पहिचान हुन सकेको छैन् । शंका भने तिनै हमलाकारीहरू हुन सक्ने गरिएको छ ।

paris-window_3156755c

paris-police-bicyc_3156748c

hollande-car_3156751c

हतियारधारीहरू कसैलाईपनि पक्राउ नगरिएकाले फ्रान्सेली सरकारले समग्र इल द फँस क्षेत्र (अन्चल जस्तो) लाई उच्च सुरक्षा र सतर्कतमा राखेको घोषणा गरेको छ । किनभने ती हतियार धारीहरू कता पुगे भन्ने सुइँको पाउन सकिएको छैन् । तीनले अन्य क्षेत्रमा गएर फेरि हमला गर्न सक्ने त्रास फैलिएको छ । यो घटना सुन्नासाथ सारा फ्रान्सभरि आतंक फैलिएको छ । मानिसहरू घर र रेस्टुरेन्टमा पसेर यो घटनाबारे समाचार हेरिरहेका छन् । मानिसहरू बाहिर निस्किनपनि डराइरहेका छन् ।

(तस्विरहरू बिभिन्न फ्रान्सेली मेडियाबाट लिएको हो । नेपालप्लस हेर्दै गर्नुहोला, यसको थप जानकारिकालागि ।)

तपाइँको प्रतिक्रिया