चालिस लाख लिएर अर्काको होटेल अर्कैको नाममा
मंसिर १० गते ‘मान्छे ठग्नलाई खुट्टै हुनुपर्छ र ?’ शीर्षकमा समाचार छापियो । एक खुट्टाले नाचेर सामाजिक हैशियत बनाएपछि त्यसैको आडमा सोझासाझालाई धम्काउँदै रोमा न्यौपाने र उनका पती चिरन्जिवी (चिरन) पोखरेल मिलेर लखौं ठगेको समाचारमा थियो । उनीहरूले कोफी क्याफे र भिएडी नेपाल बचत कार्यक्रमका नाममा नगद लिएको प्रमाणसमेत जनआस्थाले पाएको थियो । त्यसलाई रोमा न्यौपानेका पती चिरन पोख्रेलको नाममा खण्डन गरियो । तर उनले त्यो समाचारको खण्डन गर्न खोज्दा झन् झुठो बिवरण दिएको पिडितहरूले बताएका छन् । ती जोडीले ठगेका थप प्रमाणपनि फेला पारेको छ । उनले भिएडी नेपालका नाममा थप ब्यक्तिसितपनि रकम लिएको बिवरण र ठमेलमा रहेको डच होम गेस्ट हाउस समेत किर्ते कागज गरेर अर्कै ब्यक्तिलाई बिक्री गरेको प्रमाण जन आस्थाले फेला पारेको छ ।
चिरन पोख्रेलले आफूहरू अगाडि नै कोहिनूर रंजित बस्नेत लगायतका व्यक्तिहरु पुगी पुगिसकेको, कोजी क्याफे एण्ड रेस्त्रुरेंट गुप्ता थरका व्यक्ति र कोहिनूर रंजित बस्नेतलाइ थुप्रै मिटिंगहरु बसी सहमतिका आधारमा दुवै जनालाइ दिएको खण्डनमा उल्लेख गरेका छन् । दुवै जना मिलि केहि महिना चलाएपनि आफूहरू नाम सारी गर्न राजि हुँदाहुँदै कोहिनुर रेस्त्रुरेंटको नामबाट रेस्त्रुरेंट चलाई आफ्नो लगानी उठाई सकेको र रेस्टुरेन्ट गुप्ता थरका व्यक्ति र कोहिनूर रंजित बस्नेतलाइ दिएको हो दाबी गरेका थिए । समाचारमा पीडित भनेर् उल्लेख गरिएकी कोहिनुर बस्नेतले चिरन पोखरेलले खण्डनमा पुन सबै झुठा बिवरण दिएको दाबी गरीन । उनले भनिन ‘माथिका सबै झुट कुरा हुन । ती जोडीले दुई जना केटाहरु रेस्टुरेन्टमा राखेर आफुहरु बेपता भइ मलाई जबर्जस्त जिम्मा लिन लगाइएको कुरा म सबैका सामु भन्न सक्छु । जबर्जस्ती जिम्मा लगाएर उनीहरू बेपत्ता भएपछि मैले तीन हप्ता भन्दा बढी त्यो क्याफे थेग्न सकिन । मैले क्याफे चलाएपनि ति केटाहरुलाई पाँच लाख दिनुपर्यो । तैपनि ति जोडीले हामीलाई नाम सारी गरिदिएनन् । यदि रोमाका दम्पत्ती इम्मान्दार हुन् भने म आफूले बुझाएको २८ लाखको प्रमाण देखाउँछु । उनीहरूले मलाई तिरेको रकमको कागज बुझाउन् । लेनदेनको हस्ताक्षर सहित् मलाई तिर्नुपर्ने रकम तिर्छु किन भन्दैनन ? ‘
‘४० लाख बढी लगानी भइसकेको कोजी क्याफे प्रहरीकै रोहबरमा गुप्ता थरका व्यक्ति र कोहीनूर रञ्जित बस्नेतलाई दिएको हो’ भन्ने पोखरेलको दाबे झन् झुटो भएको बताउँदै कोहिनुर बस्नेरले प्रश्न गरिन् ‘कुन मितिमा, कहाँ, कुन नाउँको प्रहरीको रोहबरमा के आधारमा कसरी दिएको हो ? नाउँसारी गरेर दिएको हो भने प्रमाण खोइ ?’ त्यसो त एक खुट्टाले नाचेर चर्चामा आएकी रोमा न्यौपाने र उनका पती चिरन्जिवी पोखरेल मिलेर ठमेलको डच होम नामको पर्यटक गेस्ट हाउसनै नक्कली तम्सुक बनाएर अर्कैको नाममा बिक्री गरेको प्रमाणपनि जनआस्थाले फेला पारेको छ । डच होम गेस्ट हाउस, भिएडी नेपाल र माता पार्वती बचत लगायतका ब्यवशायमा आफ्नो कुनै संलग्नता नभएको दाबी रोमा न्यौपानेले गरेपनि प्राप्त प्रमाणले त्यो सबै झुठो साबित गर्छ ।
किनभने डच होम गेस्ट हाउस रहेको भवन र गेस्ट हाउस दुबैको मालिक लोक बहादुर श्रेष्ठ हुन् । गेस्ट हाउस बनाउन लगानी गर्नेपनि उनै हुन् । पछि उनी आफूले चलाउन असमर्थ भएपछि रोमाका नाममा चलाउनकालागी डछ होम नाम मात्रै सारिदिएका थिए । तर पछि उनै श्रेष्ठलाई जानकारिनै नदिई गेस्ट हाउस आफ्नो भन्ने झुठो लिखित संझौता गरेरनै रोमा न्यौपानेले अरुलाई बेचेकी छन् । उनीहरूले गरेको झुठो करारनामामा ‘लोक बहादुर् श्रेष्ठको नामबाट म दोस्रो पक्षको नाममा नामसारी भइ मेरो पूर्ण हकभोग स्वामित्व रहेको डच होम’ भनेर स्पष्ठसित उल्लेख गरेका छन् । आफ्नै गेस्ट हाउस सरह उनीहरूले सर्लाही ढुंगे गाविस वडा नं २ बस्ने गोपाल बहादुर् बोम्जनलाई बिक्री गरेको नक्कली करारनामा गरेका छन् । त्यो करार रोमा न्यौपानेकै नाममा छ । करारनामामा गेस्ट हाउसमा रहेको सम्पूर्ण फर्निचर, टेलिफोन, टिभी, पंखा, कम्प्युटर र एलेक्टिकल सामानसमेत आफ्नै स्वामित्वमा रहेको उल्लेख छ ।
डच होम गेस्ट हाउस स्रोतका अनुसार यो सबै झुठो र नक्कली करारनामा हो । किनभने यो गेस्ट हाउस रहेको भवनका मालिक लोक बहादुर् श्रेष्ठलेनै गेस्ट हाउसमा लगानी गरेका हुन । रोमाका पती चिरन पोखरेल पहिले त्यहि गेस्ट हाउसमा रुमा ब्वाई (कोठा सरफाइ गर्ने) का रुपमा काम गर्थे । उनको मेहनत देखेर श्रेष्ठले आफू ब्रिद्द भएको कारण देखाउँदै मासिक एक लाख दिने गरि चलाउन दिएका थिए । त्यसैलाई दुरुपयोग गरेर रोमा र उनका पतीले नक्कली कागज गर्दै रकम उठाएर ठग्ने गरेका हुन् । ‘गेस्ट हाउसनै हाम्रो हो भन्दै मानिसको हुल आएको आयै गर्न थालेपछि रोमाका दम्पत्तीलाई निकालिएको हो’ स्रोतले भन्यो । उनीहरूले गरेको नक्कली संझौतामा २५ लाख नगद लिएको र बाँकी १५ लाख पछि चुक्ता गर्ने उल्लेख छ ।
उनले इटहरीकी मन्जु कोइरालासितपनि कागज गरेर रकम लिएको दस्तखत सहितको करारनामाबाट देखिन्छ । उनले कति सम्म ठगीको अक्किल निकालेका छन् भने भ्याड नेपाल टुर सुन्सरीको कम्पनी रजिस्टार्ड कार्यालयमा दर्ता भएको प्रमाणमा उल्लेख छ । तर साईनबोर्ड र भिएडी नेपालको पम्प्लेटमा भने काठमाडौंको ठेगाना राखेका छन् । पर्यटक क्षेत्रमा कार्यालय देखाएपछि आर्थिक कारोबार गर्न सहज भएकोले उनले त्यसो गरेका हुन् । कम्पनीको क्षमता बढाउनकोनिम्ति भन्दै उनले फेरि सुनसरी बराह क्षेत्र गाविस ४ का नरेन्द्र बहादुर आलेसित दुई लाख ३६ हजार लिए । त्यसको रकम भनेको समयभित्र तिरेनन् । आलेले ताकेता गरेको गर्यैा गरेपछि २०७१ बैशाख ८ मा फेरि अर्को कागज गरेर पैसा तिर्ने कबोल गरे । तर उनको रकम त्यसपछिपनि नतिरेको स्रोतले उल्लेख गर्यो ।
त्यति मात्रै होईन, रोमा न्यौपानेले आफू संलग्न छैन् भन्ने तर आफ्ना पतीले गरेको कारोवारवालसित एस एम एस र फोनमार्फत धम्की दिने, लगानीका लागि दबाब दिने गरेको उनले पठाएकै एस एम एसबाट स्पष्ठ हुन्छ । रोमा दम्पतीले कोहिनुर बस्नेतलाई पटक पटक पठाएका एस एम एसमा आफूले रकम तिर्नुपर्ने उल्लेख गरेका छन् । उनका पतीसित रकम माग्दा उनले धम्काउनेसमेत गरेका छन् । ‘जहीलेसम्म तपाई किच किच गर्नुहुन्छ त्यहिलेसम्म पैसा तिर्न ढिलो हुन्छ यु नो ?’ गत मार्च १३ मा चिरनले यसरी धम्कीको शैलीमा एस एम एस पठाएका थिए ।
आफ्नै वेभ साइट खोलेर स्पस्ठिकरण
ठगीको धन्दामा मुछिएको सार्वजनिक भएपछि रोमा दम्पत्तीले आफ्नै वेभसाईट खोलेर स्पष्ठिकरण दिने प्रयास गरेका छन् । न्युज अभियान डटकम उनीहरुलेनै चलाउँछन । रोमाका पती चिरन्जिवी पोखरेल आफैं यो वेभ साईटका निर्देशक हुन् । तर उनले अरुलाई भ्रम दिन सी पोख्रेल भन्ने नाम वेभसाईटमा लेख्ने गरेका छन् । रोमाको पतीको आफ्नै वेभ साईटमा छापिएको स्पष्ठिकरण रोमाले नेपालपल्सको फेसबुकमापनि पठाएकी थिईन । त्यसै गरि भी ए डी पिडितहरूले भिए डी पीडित नेपाल भन्ने फेसबुक पेजनै खोलेर उनीहरूको ठगीका बारेमा सार्वजनिक गर्न थालेका छन् ।
भिएडी नेपाल आफ्ना पतीले चलाएकोले आफू त्यसमा संलग्न नभएको भन्दै रोमा न्यौपाने पन्छिन खोजेपनि सो कंपनीका सागर श्रेष्ठले केही महिना अघि रोमा न्यौपानेले ठगी गरेको प्रमाण फेला परेपछि उनलाई कम्पनीबाट निश्काशन गरेको प्रतिक्रिया फेसबुकमा दिएका छन् । यसबाटपनि उनको संलग्नताको पुष्ठी हुन्छ ।
दुताबासहरुमा उजूरी दीईने
एउता खुट्टो देखाएर म अपांग हुँ भन्दै सामाजिक सद्भाव बटुल्ने र न्रित्य देखाएर चर्चामा आएकी रोमा न्यौपानेले पिडितहरूको रकम फिर्ता नदिएपछि ती पिडितहरूले सम्पूर्ण ठगेका कागजपत्रसहित नेपालमा रहेका बिदेशि दुतावासहरुमा जानकारि दिने भएका छन् । सोझासाझा नेपालीको पैसा ठगेर बिदेश भाग्न नसकुन, अपांगको नाममा बिदेशका नेपालीलाई भ्रममा पार्न नसकुन भनि उनीहरूले रोमाका नाममा भिसा दिन रोक्का गरिदिने माग गर्दै निबेदन दिनलागेको केही पिडितले नेपालप्लसलाई बताए ।











