जागजाग नेपाली
-डा.शास्त्रदत्त पन्त–
कुर्सी रोटी लुछाचुँडी गर्ने काम छोड ।
देशको रक्षा उन्नत गर्न छातीथाप्न मोड ।२।
उठ हे उठ नेपाली जुर्मुराई उठ ।
तिरस्क्रित हुनबाट बच्नलाई उठ ।।
नेपालमा जन्मेपछि नेापाली भै बाँच ।
दरपुस्तालाई प्रकृतिका सबै श्रोत साँच ।३।
उठ हे उठ नेपाली जुर्मुराई उठ ।
ढुङ्गा माटो पानी वन जोगाउन उठ ।।
हामी मिले देश जुट्छ हामी फुटे फुट्छ ।
बिदेशीको इशारामा चले देश फुट्छ ।४।
उठ हे उठ नेपाली जुर्मुराई उठ ।
देशको सीमा रक्षागर्न शिर उठाइ उठ ।।





