गजल (नयाँ वर्ष विशेष)

अनुकुल प्रकाश, चितवन

..

खुलोस सबतिर नयाँ सालमा, उमङ्गका बाटाहरु,

 

दरिद्रका दु:ख हरोस, बोल्न पाउन लाटाहरु ।

..

बाटो बनोस पुल बनोस, बिकासको आयाम बनोस,

 

विधुतग्रीह अथाह बनोस, चिर्न पाइयोस सन्नाटाहरु ।

..

भोका नाङ्गा पिल्सिएका, पिडितलाइ राहत मिलोस,

 

सुस्तसुस्त पुरिँदै जाओस, दुख्’ने घाउका खाल्टाहरु ।

..

कर्मजिवी बनुन् जन, पौरखिलाई साहस मिलोस,

 

मेहनतले लहलह हाँसोस, खाली भीर-पाटाहरु 

..

जागौं उठौँ यूवा साथी समुन्नत नेपाल निर्माणमा,

 

प्रण गरौं सब एक भै, थपौं एक-एक इँटाहरु ।

..

खुलोस सबतिर नयाँ सालमा, उमङ्गका बाटाहरु,

 

दरिद्रका दु:ख हरोस, बोल्न पाउन लाटाहरु ।

..

 

नयाँ साल २०६६ को अवसरमा सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना छ ।”

 

[email protected]

 

    

तपाइँको प्रतिक्रिया