किस खाने समलिंगि बसबाट गलहत्याइए
बेलायत मानव अधिकारमा अग्रणी छ भनिन्छ । छपनि । त्यहि कारणले हुनुपर्छ, त्यहाँ जोसित बिहे गर, जे खाउ, जस्तो लाउ सबै छुट छ । तर यहि साता लण्डनमा एक पुरुष समलिंगी जोडी (गे) हरुले बसभित्र चुम्बन गरे भन्दै तिनलाई बसबाट गलत्याइएको थियो । दक्षिणपूर्वी लण्डनको ब्ल्याकहेथ नजिक चल्ने ८९ नंबरको बसभित्र एक जोडी पुरुष समलिंगीले चुम्बन गरेको देखेपछि बसका चालकले बसबाट निकालिदिएका थिए । यसलाई सामाजिक अपमानका रुपला लिईएको छ । यो घटनाले बेलायतमा मात्रै होइन अन्य अन्तर्राष्ट्रिय मेडियामापनि चर्चा पाएको छ ।
२३ वर्षिय ज्याक जेम्स र उनको गे साथीलाई बसबाट चालकले ‘ओ जोडी, तिमीहरुको त्यो पुरुष चुम्बन मेरो बसभित्र हेर्न मन् छैन, कि रोक नत्र ओर्लिहाल’ भन्दै ओरालिदिएका थिए । जेम्सले चालकलाई ‘किन त्यसरि हामीमाथि कराएको’ भनेर नम्र भएर सोध्दा ‘यो मेरो बस हो, यहाँ मेरो नियमले चल्छ, त्यो घिनलाग्दो कुरो हो, मलाई हेर्न मन छैन, ओर्लिहाल’ भनेर चालक चिच्याएका थिए । यो घटनाले चर्चा पाएपछि बस चलाउने कंपनी टिएफएलले अनुसन्धान शुरु गरेको छ ! बेलायतमा सबै नागरिककालागि कानुन र स्वतन्त्रता भन्दै चालकमाथि कारवाहीको माग गरिएको छ ।





