पेरिसमा तीज मनाउँदै बाढी पिडितलाई सहयोग
पेरिसमा गत आइतवार नेपाली महिलाहरुले तीज पर्व मनाए । गत केहि वर्षदेखि यो पर्व नेपाली सांस्क्रितिक ग्रिह फ्रान्सको आयोजनामा पेरिसमा मनाइँदै छ । खासगरि पेरिस र यो शहर वरीपरीका महिलाहरु पार्क द ला भिलेत भन्ने पार्कमा जम्मा भएर सामूहिक रुपमा यो पर्व मनाउँदै आएका छन् ।
नेपाली दुतावास पेरिसका कार्यवाहक राजदूत रामबाबु ढकालले बिदेशमा नेपाली महिलाहरुले मानएको तीज पर्वमा आफू पहिलो पटक उपस्थित भएको बताएका थिए । नेपालका बिभिन्न दूतावासमा कामगरिसकेका उनको यो भनाईले बिदेशमा नेपालीहरुले सामूहिक रुपमा तीज मनाउन लागेकोलामो समय भएको रहेनछ कि भन्ने बुझिन्छ ।
पेरिसमा भने नेपाली महिलाहरुले सामूहिक रुपमा मनाउन लागेको गएको तिन चार वर्षदेखि हो । यो पर्व हेर्न र नेपाली महिलासँगै मनाउन नेपाली पुरुषहरु त आउनेनै भए, केहि फ्रान्सेली महिला र पुरुषहरुपनि आएका थिए ।
तीज मनाएको अवशर पारेर ब्यवशायी रबीन शर्मा ओलीको सक्रियतामा नेपालका बाढी पिडितहरुकोलागि आर्थिक सहयोगका लागि आर्थिक सहयोग उठाइएको थियो । तीजको पर्व मनाउँदै गरेकै अवस्थामा दानीहरुले करिब ४० हजार रुपियँ (तिन सय ८० युरो) उठाएका थिए । त्यो रकम बाढी पहिरो र दैवी प्रकोपमा परेकालाई उद्दार र सहयोग गर्न गठित कोषमा बुझाउन भन्दै पेरिसस्थित नेपाली दुतावासका कार्यवाहक राजदूत रामबाबु ढकाललाई बुझाइयो । यस अघि बाढी पहिरो पिडितहरुकै लागि भनेर पेरिसस्थित नेपाली एकता समाजलेपनि करिब ३३ हजार रुपियाँ संकल गरेको थियो ।
आफूले यहि पर्वमा रमाइयोलो गरिरहेका बेला उता आफ्नो मुलुकमा भने घरबारबिहिन भएर आफ्नै नेपाली दाजुभाई दिदीबहिनीहरु रोइरहेकाले त्यसमा अलिकति भएपनि साथ र समर्थन दिन सहयोग गरेको सहयोगीहरुको धारणा थियो । पूर्व तयारी नगरिकनै एक्कासि रकम उठाउन थालिएकाले कतिपय मनकारीहरुलेसमेत सहयोग गर्न सक्ने अवस्था थिएन । ‘सबैले खल्तीमा नगद बोकेको हुन्न, हामीले त्यहि कार्यक्रममै कसैलाई करकाप नगरि रकम उठायौं, एक्कासि उठाएकालेपनि खल्तीमा नगद बोकेर नाआएकाले मन लाग्दालाग्दैपनि सहयोग गर्न सकेनन् ।’ रबिनले भने ‘हामीले उठाएको रकम धेरै नहोला, तर सबैले के हुन्छ र भन्यो भने त एक सुकै उठ्दैन नी ।”
(फोटोहरु नेपाली सांस्क्रितिक ग्रिहको फेसबूकबाट लिएको हो)