यस्तो पो पर्यटन (फोटो कथा) !
फ्रान्स युरोपको सबैभन्दा बढि पर्यटक जाने देश हो । असाध्यै धेरै पर्यटकले घुम्ने मध्ये पर्छ भेसाई दरबार । राजा लुइ चौधौंको विशाल दरबार र त्यस दरबारले ओगटेको जमिनको क्षेत्रफल । कम्ति आकर्षक छैन यो दरबारको बगैंचा । दरबारभित्र भन्दा यहि बगैंचामा बढि आकर्षित हुन्छन् पर्यटकहरु । साह्रै आकर्षक फूलहरुले सजिएको छ । बगैंचामा फूल छान्ने र तिनलाई सजाउने कलापनि अत्यन्तै आकर्षक र अब्बल छ । हामी पर्यटन विकासको कुरा गर्छौं । हामीसित थुप्रै ऐतिहासिक स्थलपनि छन् । तर तिनलाई चित्ताकर्षक बनाउन सकेको देखिन्न । भेसाई दरबारका केहि तस्विरले केहि सुझाव दिन सक्छन् !
दरबार घुम्न जान पहिले तिकटका लागि डेढ घण्टा लाईन । टिकट लिएपछि फेरि डेढ घण्टा भित्र पस्ने लाईन छिचोलेर जानुपर्ने ! शुक्रबार म पुग्दाको हालत यो !
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक
















