मेरो कर्म गाउँ

महेशचन्द्र देवकोटा 

 

pokhara-boating-050

 

रमाईलो नगरी यो घुईचोको तालमा

 

घेरीएको चाँदीघेरा सधै आफ्नै चालमा ।।

 

लामो सोतो मनमोहक तालै तालको नगर

 

सारङ्गकोटको पगरीले छुँदा निलो सगर ।।

 

 

तालबीच आँस्था बाँस रानीबनको छटा

 

गूफाभीत्र स्रिष्टीदाता अन्त कता ।।

 

तप्प तप्प शीत थोपा चुहिँदाको शीर

 

सौन्दर्यको छटा छर्ने हुत्याई मनको पीर ।।

 

 

चोकै चोकको फलैंचामा बसेको यो नगर

 

गुम्वा बोल्ने सेती बोल्ने भन्दै प्यारो घर ।।

 

पाहुँनाको आफन्त आफ्नै सौन्दर्यमा

 

माछापुछ्रे चाँदीघेरा सुन्दर नयनमा ।।

 

 

पहाडी भेक फेदमा यो सानो स्वर्ग राम्रो

 

देवदेवी प्राकृतिक रुप मन हर्ने हाम्रो ।।

 

कहाँ खोजु कुन रोजु छोडी प्यारो ठाउँ

 

पोखरा यो नगरी हो मेरो कर्म गाउँ ।।

­­­­­­­­­­­­­­­­­­­­­­­

उत्तमचौक, पोखरा

तपाइँको प्रतिक्रिया