मेरो कर्म गाउँ
–महेशचन्द्र देवकोटा
रमाईलो नगरी यो घुईचोको तालमा ।
घेरीएको चाँदीघेरा सधै आफ्नै चालमा ।।
लामो सोतो मनमोहक तालै तालको नगर ।
सारङ्गकोटको पगरीले छुँदा निलो सगर ।।
तालबीच आँस्था बाँस रानीबनको छटा ।
गूफाभीत्र स्रिष्टीदाता छ त अन्त कता ।।
तप्प तप्प शीत थोपा चुहिँदाको शीर ।
सौन्दर्यको छटा छर्ने हुत्याई मनको पीर ।।
चोकै चोकको फलैंचामा बसेको यो नगर ।
गुम्वा बोल्ने सेती बोल्ने भन्दै प्यारो घर ।।
पाहुँनाको आफन्त म आफ्नै सौन्दर्यमा ।
माछापुछ्रे चाँदीघेरा सुन्दर नयनमा ।।
पहाडी भेक फेदमा यो सानो स्वर्ग राम्रो ।
देवदेवी प्राकृतिक रुप मन हर्ने हाम्रो ।।
कहाँ खोजु कुन रोजु छोडी प्यारो ठाउँ ।
पोखरा यो नगरी हो मेरो कर्म गाउँ ।।
उत्तमचौक, पोखरा ।





