गीत

-घायलश्री, पर्वत 

 तिमी फूल लाली गुराँस म त तितेपाती ।

तिम्रो हातको पानी मिठो म त तल्लो जाती ।।

बिहानिको घाम तिमी लामो यात्रा गर

सन्ध्याको सूर्य म त डुब्नै लागें प्रिया ।

हाम्रो माया छुटाउने समाज यो घाती

तिम्रो हातको पानी मिठो म त तल्लो जाती ।।

मनैभरी फुल्छौ तिमी म त सधैं तितो

मैले छुँदा चोख्याउने फुकी पानी छिठो ।

मुस्काउने दिन तिमी रातको म साथी

तिम्रो हातको पानी मिठो म त तल्लो जाती ।।

तपाइँको प्रतिक्रिया