हामा कूटनितिज्ञलाइ पैसा र घर जग्गा, बिदेशीलाई किताब

French-books-about-nepal

नेपालमा कूटनितिज्ञ भएर गएका बिदेशीहरु कसरि बिताउँछन् फुर्सदको समय ? वा छुट्टीको समय ? केहि युरोपेली बाहेक मैले अरु देशका कूटनितिज्ञको जिवनशैली उति जान्न पाएको छैन । युरोपेलीहरुको प्रतिस्पर्धा कुनै नौलो विषयमा काम गर्ने हुँदो रहेछ । वा कुनै नौलो विषयमा किताब लेख्ने । कुनै ब्रिहद अध्ययन अनुसन्धान गरेर देखाउने हुँदो रहेछ । ति नेपाल जानु अघिनै कस्तो काम गर्ने, के के छन् संभावना भनेर केलाउँदा रहेछन् । कुनै नौलो देशमा कूटनितिज्ञका रुपमा जब पोस्टिङ हुन्छ तब तिनमा एक खाले कौतुहलता, तनाव, नौलो काम गरेर केहि देखाउन सकिन्छ कि सकिन्न भन्ने चुनौतिको महसुस हुँदो रहेछ । रमाईलो गर्छु, मोजमस्ति हुन्छ । दाम टन्न कमाइन्छ । रवाफ देखाउन पाइन्छ भन्ने तिनमा पटक्कै रहर  र मनोकांक्षा देखिँदो रहेनछ । 

नेपालमा राजा महेन्द्रको आग्रहमा फ्रान्सेली भाषा पढाउन गएका कर्मचारी मार्क गाबोरियो प्रसिद्द अनुसन्धानकर्मी भएर निस्किए । उनले नेपालका मुसलमानहरुको मात्रै अनुसन्धान गरेनन् कि नेपाली ब्यापारीहरुको काठमाडौंदेखि ल्हासा सम्मको ब्यापारिक अनुसन्धानपनि गरे । पश्चिम डोटी र बाजुरादेखि भारतको , कुमाउ, अल्मोडासम्म पुगेर हुट्किया र गाईनेहरुको नाचगानको अनुसन्धान गरे । केहि पुस्तक लेखे । यो सबै काम उनले आफ्नो छुट्टीको समय सदुपयोग गरेर भ्याएका हुन् । नेपालमा फ्रान्सेली भाषाको शिक्षक भएर गएका मार्क गाबोरियो आधा दर्जन पुस्तक लेखेर लेखक बने । आफ्नो देशको अभिलेखीकरण, शिक्षिक क्षेत्रलाई धनी बनाए । आफूपनि चर्चित बने ।

फ्रान्सेली दुतावासमा सांस्क्रितिक सहचारी बनेर गएका जेरार्ड तोफाँ अनुसन्धानमै लागे नेपालको । दर्जन बढि किताब लेखे । नेपालको विभिन्न विषमा अनुसन्धान गरे । नेपाली भाषा र संस्क्रितिमा सेवा गरेबापत न ई अन्तर् राष्ट्रिय पुरस्कार पाए । अहिले उनी नेपालको विशेषज्ञका रुपमा मेडियामा छाइरहन्छन् फ्रान्सका मेडियामा । नेपालमा राजदूत बनेर गएका रोलँ बारोले फूर्सदको समय नेपालको ईतिहाँसमा अध्ययन अनुसन्धान गरे । फर्किएपछि ‘इस्त्वा दु नेपाल (नेपालको ईतिहाँस) भन्ने पुस्तकनै लेखे । नेपालको ईतिहासमा चासो राख्ने फ्रान्सेली भाषीहरुका लागि यो पुस्तक महत्वपूर्ण बनेको छ । उनी नेपालको ईतिहासका बिज्ञ झैं मानिन्छन् फ्रान्समा।

दूतावासको सांस्क्रितिक सहचारीक रुपमा ग ए कि सिल्भि सिल्भाँ स्क्राईबर उसैगरि लागिन् नेपाली समाजको अध्ययनमा । उनले यता आएपछि ‘बाग बजार’ भन्ने उपन्यासनै लेखिन् । यो उपनयसले काठामडौंको जिवन्त जिवनशैली ब्याख्या गर्छ । नेपालमा कसरि केटाकेटी भेचिन्छन्, धर्मपुत्र पुत्री बनाइन्छन् भन्ने बयख्यापनि गर्छ । उनी अहिलेपनि नेपालको अन्य विषय्मा केन्द्रित रहेर पुस्तक लेखनमै सक्रिय छन् ।

जनयुद्दकालमा राजदूत भएका मिसेल जोलिभे निकै चर्चामा रहे । उनले जनयुद्दका बेला पर्यटकहरु असुरक्षित छन् भनेर पश्चिमीहरुले भनिरहेका बेला कुनै सुरक्षा नलि इ नेपालका गाउँ गाउँ घुमेर चर्चामा रहे । उनले हालसालै आफ्नो सेवा निब्रित्तकालमा उउनले ‘आँ बासाद स बिफ’ भन्ने आफ्नो कार्यकालका अनुभव समेटेर पुस्तकनै लेखेका छन् । त्यसमा नेपालाको सुन्दर वर्णन छ । त्यो भन्दा बढि उनले फ्रान्सेली दुतावासको वेभ साईट यति बलियो र जानकारी मूलक बनाए कि अहिले त्यसबाट कम्तिमापनि मासिक १० हजारले नेपाल र फ्रान्सका बारेमा सूचना लिन्छन् ।

मन्त्रालय, संघसंस्थामा भेटघाट हुँदा वा आफ्नो अनुभव सुनाउँदा तिनले नयाँ किताब देखाउन सकेनन्, नौलो काम गरेको देखाउन सकेनन् भने आफूलाई कमजोर ठान्दा रहेछन् । अपमानित महसुस गर्दा रहेछन् । त्यसैले नेपालमा गएका धेरै युरोपेली कूटनितिज्ञ, कर्मचारीलेले पुस्तक लेखेका छन् । केहि न केहि सामाजिक काम गरेर आफ्नो चिनो छोडेर आएका छन् । कुनै न कुनै नौलो काम गरेर देखाएका छन् । तिनले त्यस्तो नौलो काम नगरेका भए यता चासोपनि उति दिईन्न । राजदूत ज्यु भन्दै कसैले नमस्कार दिन्न । पैसो टन्न थुपारेको भए कानुनले पगरी लाउँछ र सास्ति दिनथाल्छ, बेइज्जत हुन्छ ।

हाम्रोमा ? नेपालका राजदूतहरु, अन्य कूटनितिज्ञहरु, फ्रान्सको कुरा गर्दा संझनायोग्य, चर्चामा आउने राजदूत भनेका केशवराज झा हुन् । उनले फ्रान्सेलीहरु बिच राम्रो सम्पर्क गरेको । नेपालको हितलाई फ्रान्समा अलि बढि ध्यान दिएको भनेर चिनिन्छन् । उनको पालामा घूस र अनियमितता भन्ने दुतावासमा नसुनिएको चर्चा नेपालीहरु गर्छन् । बाँकि जति राजदूत भएर आए सबैले आफ्नै स्वार्थको काम गरे मूलत । हाम्रो देशको देशको राजदूत भएर आउनेहरुको ध्यान अनियमितता गर्ने । आफ्नै परिवारका लागि पढाईको निशुल्क छात्रब्रित्ती खोज्ने । रमाईलो गर्ने, घुम्ने । सकेसम्म सरकारी कागज मिलाएर निजि सम्पती कमाउने । कसरि हुन्छ भएका निति नियमहरु आफ्ना पक्षमा प्रयोग गरेर निजि स्वार्थ पुरा गर्ने ।

पछिल्लो समयमा राजदूत बनेका मोहन क्रिष्ण श्रेष्ठ त सायद फ्रान्समा राजदूत भएर आएका मध्ये सबैभन्दा बदनाम भएका छन् । उनको कार्यकालमा न त कुनै कर्मचारीसित उनको राम्रो संवन्ध हुन सक्यो न हेर्न, देख्न र उल्लेख गर्न सकिने कुनै काम नै भयो । दुतावास मर्मतका नाममा हुनसम्म भ्रस्टाचार । नेपाली नागरिकहरु बिच बेमेल । दुतावासमा आफन्त भर्ति । फ्रान्सेलीहरुबिच बदनाम । उनले कूटनितिक मर्यादा कतिसम्म गिराए भने नेपाली बच्चाको न्वारन र पास्नीमापनि पुग्ने गर्न थाले । राजदूत स्तरको मानिस त्यो खालको निम्तामा पुग्ने मनकारी राजदूतको अभिलेख सायदै यिनै मोहनक्रिष्णले राखेका होलान् । नत्र राजदूतावासका माथिला कर्मचारीलाई यस्ता निम्तामा पुग्ने फूर्सदनै हुन्न । कूटनिति गर्न, आफ्नो देशको प्रचार, अभिब्रिद्दी गर्न फूर्सदनै हुन्न । अर्का राजदूत प्रज्ज्वल्ल शमशेर राणाको काम त दिनभरि गल्फ खेलेरै बित्यो। उनले न त दूतवासलाई नेपालको हितमा प्रयोग गर्न सके, कुनै नौलो काम गरे । न कर्मचारीबिच भाँडभैलोनै मच्चाए ।

राजदूतस्तरकाले आफू बसेको देशमा बौद्दिक काम गर्न नसकेपनि अन्य कर्मचारीहरुले सक्दा हुन् । पछिल्लो युवा पिढीकाले सक्दा हुन् । तर धेरै नेपाली राजदूतहरुको मानसिकता त्यसरि काम गर्न प्रेरित गर्ने छैन । कुनै कर्मचारीले त्यस्तो अध्ययन अनुसन्धान चाहेपनि दिँदैनन् । बरु आफू तल परिएला भनेर हतोस्साहित गर्ने, बन्धन हालिदिने मानसिकता छ । आफू भन्दा तल्लो कर्मचारीले त्यस्तो बौद्दिक काम गरे आफूले केहि गर्न नसकेको देखिएला भन्ने मानसिकताले उल्टै हतोत्साहित गरिदिन्छन् ।

अर्को पक्ष हाम्रो दूतावासको सेवा र सुबिधा दशकौं देखि उहि छ । नेपालको चासो बढेको छ । नेपालीहरुको संख्या बिदेशमा चौबर भएको छ गत एक दशकभित्रमा । नेपाल जाने बिदेशीहरुको संख्या दोब्बरभन्दा बढि भएको छ । तर त्यसका अनुपातमा कर्मचारी र दूतावासको सेवा, संख्या बढेको छैन । सिमित कर्मचारीले असिमित काम गर्नुपर्छ । त्यसले गर्दापनि नेपाली कर्मचारीले बाहिरको काम गर्न भ्याउँदैनन् । तरपनि आफ्नो छुट्टीको समय रचनात्मक काम गरौं, खोजबिनमा लागौं, बौद्दिक काम गरौं भन्ने हो भने असंभव छैन । दूतावासको सेवा, सुबिधा र सूचनाको पहुँचलेपनि धेरै काम गर्न सक्छन् । त्यसको उदाहरण निरन्जन मान सिं बस्नेत छन् । पेरिसमा मिनिस्टर काउन्सिलर बनेर आएका उनले फ्रान्समै आफ्नो समय सदुपयोग गरेर पिएचडीको डिग्री लिए । उनी अपबाद जस्तै हुन् ।

बास्तविकता के हो भने नेपाली कूटनितिक नियोगका अधिकांश कर्मचारी आफ्नै निजि रमाइलो, आनन्द, मोजमस्तिमा बिताउँछन् । धेरै दूतावासका कर्मचारी त जुवा र तास खेलेरपनि बिताउने गर्छन् । तिनलाई दूतावासमा कर्मचारी बनेर आउनु भनेको म्प्जमस्ति गरेर अरुलाई देखाउन् । सान र मान देखाउने । निजि समप्त्ती थुपार्ने हो भन्ने मानसिकता तिनमा देखिन्छ ।

सबैभन्दा पहिले हामीलेनै कसको कत्रो घर छ ? कत्रो भवन ठड्यायो ? भनेर हेर्छौं र ‘उसले त गर्नु गरो नि कत्रो बनाएछ घर’ भन्दै महान ठान्छौं । त्यसैले हाम्राहरु पद पाउनासाथ पहिलो खाका घरजग्गा कसरि जोड्ने भनेर कोर्न थाल्छन् । लूट्नसम्म लुट्छन्, पासपोर्ट बनाउनसमेत घूस नखाइ छोड्दैनन् । दशैं तिहारमा दूतावासले दिने भोजमा प्रतिबोत्तल वाईनमा कमिशन दिने पसल कहाँ पाइन्छ भनेर खोज्न थाल्छन् । त्यसैले युरोपमा जति कूटनितिज्ञ आए ति मध्ये अहिले मलेशियाका राजदूत निरन्जनमान सिं बस्नेत बाहेक अरु कसैले त्यस्तो बौद्दिक कामको खोजि गरेन । सम्पत्ती भनेपछि मरिजाने हाम्रो मानसिकतापनि उतिकै दोषी छ ।

 

तपाइँको प्रतिक्रिया