‘सक्कली र नक्कली’को लडाईले गर्दा नेदरल्याण्डका नेपालीलाई अप्ठेरो
● निहिता शर्मा / होल्याण्ड
गत हप्ता होल्याण्डमा नेपाली समाजमाझ एउटा बिषयले अत्यन्तै चर्चा बटुल्न सफल भयो । प्रसङ्ग हो नेपालका दुइ अनलाइन संचार www.rastapukar.com र www.eparyatan.com मा प्रकाशित समाचार .
http://rastapukar.com/%E0%A4%B6%E0%A4%B0%E0%A4%A3%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A5%E0%A5%80-%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A8-%E0%A4%9D%E0%A5%81%E0%A4%9F%E0%A5%8B-%E0%A4%95%E0%A4%A5%E0%A4%BE%E0%A4%95%E0%A5%8B/
समाचार लेख्ने पत्रकारको नाम सुरज खड्का लेखिएपनि होल्याण्डमै शरणार्थी केस गरेर बसेका नेपालीले आफूलाई वास्तविक शरणार्थी देखाउन प्रकाशित गर्न लगाइएको समाचार थियो त्यो जुन आफैमा एकपक्षीय र आधारबिहिन छ । उक्त समाचारमा होल्याण्डमा अहिले शरणार्थी प्रक्रियामा सहभागी सम्पूर्ण नेपालीलाई नक्कली शरणार्थी बताउँदै कथित दुइ पात्रहरु शौरभ शर्मा र जय पुनलाइ मात्र वास्तविक शरणार्थी भनि प्रस्तुत गरिएको छ जुन आफैमा शंकास्पद छ । अझ समाचारमा सुनिल लामा जो शरणार्थी केसबाटै होल्याण्डमा अहिले अस्थायी बसोबासको अनुमति पाएका छन् । उनको फोटो सहित उनलाई नक्कली केस गरेर कागज पाएको भन्दै समाचार प्रकाशित भएको छ ।
किन आयो समाचार ?
प्रकाशित समाचारमा फोटो सहित नक्कली शरणार्थी बनेर कागज पाएका भनिएका सुनिल लामा र वास्तविक शरणार्थी भनिएका शौरभ शर्माको आन्तरिक कलहको परिणाम नै उक्त समाचार प्रकाशित भएको खुल्न आएको छ । केहि वर्षा अगाडी सुनिल र शौरभ नेपालबाट होल्याण्ड सँगै आएका थिए । होल्याण्ड आउने बित्तिकै शौरभले सुनिलसँग पैसा मागेपछि सुनिल र शौरभको बिचमा विवाद शुरु भएको थियो । विवादकै बिचमा सुनिलले यहाँको नागरिकता प्रदायक निकाय इण्ड्(अध्यागमन एबम प्रकृतिकारण) संगको अन्तरबार्तामा आफुलाई नेपालबाट ल्याउने दलाल शौरभ भनि बताएपछि शौरभ र सुनिल बीचको सम्बन्ध पानी बराबर भएको थियो ।
पछि सुनिलले शरणार्थी केस गरेर यहाँको कागज मिलेपछि बस्ने घर पाए । तर शौरभले आफ्नो शरणार्थी केसबाट आहिलेसम्म पनि कुनै निर्णय पाउन नसकेपछि पुरानो रिस र आबेगमा आएर सुनिललाइ फसाउन भन्दै आफुलाई वास्तविक शरणार्थी र सुनिललाइ नक्कली देखाउन सारा नेपालीको बदनाम हुनेगरी सुरज खड्काको नामबाट शौरभले नै समाचार प्रकाशित गर्न लगाएको सुनिलको आरोप छ । शौरभले आफुलाई पटक पटक पत्रकार बताउँदै होल्याण्डमा शरणार्थी गरेका नेपालीलाइ फोनबाट धम्कि दिँदै पैशा माग्ने गरेको र पैशा नदिए सबको बास्तबिकता इण्ड् लाइ बताईदिने र नेपालको कान्तिपुर र नागरिक जस्ता मिडियामा समाचार प्रकाशित गरिदिने भन्दै धम्कि दिने गरेको नेपालीहरु बताउँछन् । नाम उल्लेख गरेर अहकाहाकी लेख्न र छुच्चो बन्न भने कोहि अगाडि सर्दैन ।
त्यसो हो भने वास्तविक शरणार्थी को हो त ?
नेपालीहरु अहिले विश्वको थुप्रै देशमा शरणार्थी केस गरेर बसेका छन् । नेपालको अहिलेको स्थिति शान्तिपूर्ण नै छ । नेपालीहरु सोमालिया, इराकी, अफगानी ,सिरियाली झैँ देशबाट बिस्थापित हुने अवस्था पनि छैन । १० बर्षे जनयुद्द लडेको माओबादी पनि शान्ति पूर्ण राजनीतिमा आएको थुप्रै भो । नेपालमा शान्ति प्रक्रियाको औपचारिक रुपमै समाप्तिको घोषणा पनि भैसक्यो । यति हुँदाहुँदै पनि नेपालीहरु किन शरणार्थी केस गर्दैछन भन्ने प्रश्न मुख्य हो । नेपालमा त्यस्तो कुनै पनि भयावह स्थिति नभए पनि यदि कुनै व्यक्ति आफ्नो देशबाट राजनीतिक, सामाजिक, धार्मिक, आर्थिक वा राज्य पक्षबाट असुरक्षित छ भने उसले अर्को देशमा शरणार्थीको रुपमा शरण मग्न पाउँछ । उसको शरण प्रक्रियाबारे अध्ययन, अनुसन्धान गर्ने जिम्मा सम्बन्धित देशको सम्बन्धित निकायको हो । उसले नै पिडितको समस्या माथि गहिरो अनुसन्धान गरि उसलाई आफ्नो देशमा शरण दिने या नदिने भनेर निर्णय गर्ने गर्छ । यसरि निर्णय गर्ने शिलशिलामा पिडितको समस्याको बारेमा कुनै पनि देशले उसको देशको अधिकारीसँग उसको बारेमा कुनै पनि जानकारी लिन र दिन पाउँदैन ।
तर यहाँ समाचारमा एउटा प्रेश जस्तो निकायले आफुलाई न्यायधिश झैँ गरि फलानो पिडित र फलानो नक्कली भनेर समाचार प्रकाशित गर्नु भनेको सिंगो नेपाली पत्रकारितालाइ नै बदनाम गर्ने प्रयास हो । नेपालमा पछिल्लो पटक पत्रकारितामाथि गम्भीर खालका आरोपहरु लाग्ने गरेको बेला मिडियामा आउने यी र यस्ता समाचारले तत्काललाइ कुनै व्यक्ति बिशेषको अभिष्ठ त पुरा होला । तर यस्तो घृणित कार्यले नेपाली पत्रकारितालाइ पक्कै पनि सहि दिशातिर मोडदैन । होल्याण्डको कानुनले कुनैपनि शरणार्थीको बारेमा आफूले नै अध्ययन, अनुशन्धान गर्ने गर्छ र उनीहरु कुनै तेर्सो पक्षको कुरामा बिश्वाश गर्दैनन् । तसर्थ यस्ता समाचारले आखिरमा बदनाम हुने भनेको सिंगो नेपालीलाइ नै हो । को वास्तविक शरणार्थी र को शरणार्थी नक्कली भनेर छुट्याउने काम समबन्धित निकाय को हो । कुनै मिडियाको होइन । सबै लाइ चेतना भया ।





