कविता : राजीखुसी तिमीलाई नै

गौतम “उदय” / हवाई, अमेरिका 

gautam-udaya-amerika

लुकीछिपी तिमीलाई, सुम्पेको यो यौवन
राजीखुसी तिमीलाई नै, अर्पेको यो जीवन
रुवाएर राख, हँसाएर राख
जसो गर्दा खुसी मिल्छ, त्यसै गरी राख ।

०००००००००००००००

अरु छैन कोही मेरो, तिमी सिवा जगतमा
मात्र तिमी छौ यो मेरो, थोपाथोपा रगतमा
छुटाएर राख, टुटाएर राख
सिद्रा माछा जस्तै बनाई, सुकाएर राख ।

०००००००००००००००

जिउँदो हुँदा म हुँ तिम्रो, मरे यो धरतीको
खुसी छु म शहीद बन्न, सच्चा पिरतीको
सम्झाएर राख, तड्पाएर राख
म जिउँदैमा मेरो चिता, सल्काएर राख ।

तपाइँको प्रतिक्रिया