भारतीय पासपोर्ट बनाएर सयौं नेपाली ईजरायल जाने धन्दामा
नेपालबाट कमिशन खाने । काम गर्न जानेसित चर्को मूल्य लिने । ठग्ने । नक्कली कागजपत्र बनाउने गरेपछि ईजरायल सरकारले नेपालीलाई त्यता जान रोकेको करिब दुई वर्ष भयो । नेपालीहरुलाई सिधा जान रोक लगाएपछि दलालहरुले नयाँ जुक्ति निकाले । दार्जिलिङ र सिक्किमबाट भारतीय पासपोर्ट बनाएर नेपालीलाई ईजरायल ओसार्ने । तर सबै नक्कली कागज बनाएर ।
नेपालबाट अप्ठेरो पर्नासाथ दलालहरुले यस्तो धन्दा भारतबाट गर्ने गरेका छन् । उनीहरुले यस्तो धन्दा सन् २००८ बाटै शुरु गरेको आफूले जानकारि पाएको त्यहाँ कार्यरत शेर्पिनी कान्छीले बताईन् ।
नेपालीहरुलाई सिधा इजरायल लैजान नसकेपछि दालालहरुले यो अक्किल निकालेका हुन् । इजरायल सरकारले तिन चार लाख भन्दा बढि खर्च नगराउन निर्देशन दिएपनि नेपालका मेन पावर एजेन्सी र दलालहरुले सात आठ लाखसम्म लिन थालेपछि इजरायल सरकारले नेपालीलाई रोक्का गरिदिएको हो ।
सिक्कीम, दर्जिलिङ र आसामका नेपाली मूलका भारतीय र नेपालीको अनुहार, उचाई ठ्याक्कै मिल्ने भएकाले दलालहरुले त्यताबाट पहिले प्रशासनलाई घूस खुवाएर रासन कार्ड भर्ने । र त्यहि रासन कार्डका आधारमा भारतीय पासपोर्ट बनाई भारतीयका नाममा इजरायल लैजाने गरेका छन् । भारतमा नागरिकता लिनका लागि पहिले रासन कार्ड भर्नुपर्ने नियम छ । दलालहरुले सिक्किम, दार्जिलिङ र आसामका स्थानिय दलालसित मिलेर रासन कार्ड भर्ने र त्यसबापत पहिले डेढ लाख लिने गरेको जेरुसेलम पुगेका हेम बिष्टले नेपालप्लसलाई ईमेलमा बताए ।
रासन कार्ड र भारतीय पासपोर्ट बनाएर ईजरायलसम्म ल्याएको दलालहरुले महिलासित करिब आठ अलख र पुरुषहरुसित करिब १० लाख लिने गरेका छन् । यो धन्दा अहिले उत्कर्षमा पुगेको छ ।
ईजरायल ल्याउने क्रममा दलालहरुले नेपालीहरुलाई सानो झ्यालपनि नभएको बन्द कोठामा कोच्ने । एउटै कोठामा १५, २० जनासम्मलाई कोचेर खान र सुत्नपनि राम्रोसित नदिईकनै इजरायलसम्म ल्याएर छोडिदिएको विष्टले बताए । ‘रासन कार्ड अफैंले भरिदिन्छन् । त्यो भएपछि पासपोर्ट बनाउने बेला र भिसा माग्ने बेला बोलाउँछन् । इजरायल नपुगुन्जेलसम्म सास फेर्नपनि नमिल्ने जस्तो सानो ओठामा थुनुवालाई झैं खानपनि राम्रोसित नदिईकनै राख्छन् । तिन चार महिना दुख दिएर ल्याउँछन् ।’
कोको छन् त यो धन्दामा भन्ने विषयमा विष्टले स्पष्ठ बताउन सकेनन् । बरु यथार्थ नाम ढाँट्ने गरेको र ठाउँ ठाउँमै दलालहरु फेरिएर कतै विशाल, कतै हेमन्त, कतै भारतीय नाम अमिर भन्ने गरेको बताए ।
तर ईजरायलीहरुले यसरि भारतीयका नाममा गोप्य तरिकाले नेपालीहरु जाने गरेको सुइँको पाएका छन् । केहि समय अघि ईजरायलकै टिभीमा यसबारे कार्यक्रम देखाइएको थियो । ‘ईन्डियनहरु त काला हुनुपर्ने । तिमीहरु त्यस्ता काला छैनौ त भनेर सोध्ने गरेका छन्’ शेर्पीनी कान्छीले भनिन् । समाचारमापनि नेपालबाट ल्याउन बन्द गरेकाले भारतीय भन्दै नेपालीलाई ल्याउने गरेको सार्वजनिक हुने गरेको छ ।
त्यसैगरि नेपाली दलालहरुले खेलाडीका रुपमा किर्ते मोटो रकम लि ई खेलाडी बनाएर र्इजरायल भित्र्याउने धन्दापनि गरेका छन् । ईजरायल बस्दै आएका पुष्प श्रेष्ठले आफ्नो फेसबूकमा उल्लेक्झ गरेका छन् ‘तिनले नत खेल खेल्न पाए नत खेल खेलेकै थिए ।’
उनको फेसबूकमा उल्लेख भए अनुसार र्इजरायलमा काम पार्इन्छ भन्दै नक्कली खेलाडी बनाएर सेाझा युवा युवती र्इजरायल भित्राउँदै गरेका छन् दलालहरुले । एक जना बरावर ६ लाख सम्म उठाई एजेन्ट पैसा लिएर नेपाल फर्किसकेको छ । ६ लाख तिरेका युवा युवती काम नपाएर बिचल्लीमा परेका छन् । उनले यसबारे चाँढै बृस्तीत जानकारी सहित सार्वजनिक गर्ने जनाएका छन् ।
यसरि गैह्र तरिकाले भारतीय पासपोर्ट बनाएर ईजरायल जाँदा यदि भारतीय प्रशासनले पक्राउ गरेमा कडा कारवाही भोग्नुपर्छ भन्ने हेक्का सम्म नराखि नेपालीहरुले दलालको लहै लहैमा लागेर जोखिम लिईरहेका छन् ।




