गजल

प्रमोद भट्टराई

pramod-bhattarai-98

आजभोली मलाई तिमी भुल्ने बस्यो बानी ।

एकान्तमा एक्लै-एक्लै झुल्ने बस्यो बानी ।

+++   +++   +++

माते पछी नशाले के-के बोल्छु थाहै हुन्न

त्यसै-त्यसै मनका कुरा खुल्ने बस्यो बानी ।

+++   +++   +++

को पराई को आफ्नो सबै उस्तै लाग्ने

हिजो आज सबैसँग घुल्ने बस्यो बानी ।

+++   +++  +++

यात्रा जस्तो जीवन यो यसै बिते हुने

जता-जता मन त्यतै डुल्ने बस्यो बानी ।

तपाइँको प्रतिक्रिया