महामहिम आउनु भो, जाँड पिनुभो, काम नगरि जानु भो

जगन्नाथ सिलवाल / स्पेन

krishna-shrestha-in-spain-7

फ्रान्स र स्पेनकालागि समेत राजदूत रहेका मोहन क्रिष्ण श्रेष्ठ स्पेन आउने ठूलै चर्चा गरियो । नेपालीहरुका समस्या सुन्ने । पि आर बनाउन नेपालीका लागि परेका समस्या कसरि समाधान गर्ने ? पासपोर्टको लागि हुने झमलेला, प्रहरी रिपोर्टको अलगि सहजीकरण । अन्य समस्यामा राजदूतावासके के सहयोग गर्न सक्छ ? के के हुन् नेपालीका समस्या ? त्यो सबै पत्ता लगाएर निराकरणका उपाय निकाल्ने भनिएको थियो । एन आर एन स्पेनलेपनि त्यहि सार्वजनिक गरेको थियो । उहाँ आउन त आउनु भयो । पत्नी लिएर बिदा मनाउन आए झैं । आएर उहि नयाँ वर्षमा जाँड पिनु भो । हाँस्नु भयो । रमाउनु भयो । अघिपछि केहि समर्थक लिएर घुम्नु भयो । बिना उपलब्धि फर्किनु भयो ।

krishna-shrestha-in-spain-4

एन आर एन स्पेनले ठूलो हल्लाखल्ला गरेको थियो । राजदूत मोहन क्रिष्ण श्रेष्ठको भ्रमणबारे । उनी आएपनि ३० डिसेम्बरका दिन । अनि झुम्मिए केहि नेपाली । नयाँ वर्षको उपलक्ष्यमा नेपालीले डिनरको आयोजना गरेका थिए । होटेलमा मेजमानीले बस्नु भो । केहि ठाउँ घुम्नु भयो । पार्टीमा उहाँ सरिक हुनु भो । जाँड खानु भो पत्नीसँगै । रमाउनु भयो । हाँस्नु भयो । उहाँले नेपालकालागि ठूलो काम गरेकोपनि बताउनुभयो । एकदम सफल रहेको बताउनु भयो आफ्नो कार्यकाल ।

krishna-shrestha-in-spain-5

दुतावासका तर्फबाट आधिकारिक रुपमा गरिएको भनिएको थियो भ्रमण । पत्नी लिएर आउनु भो । तर कहिँ नेपालीसित छलफल भएन । नेपालीका समस्याका बारेमापनि छलफल भएन । पासपोर्ट बनाउन दिईने सास्तिका बारेमा कुनै कुरो उठेन । पासपोर्ट किन ढिला सुस्ति हुन्छ पेरिसको दुतावासमा भनेरपनि जवाफ दिएनन् । उनका वरिपरि झुम्मिनेलेपनि सोधेनन् । नेपालीसित ब्रिहद अन्तर्क्रिया भनेर झ्याली पिटियो । तर सँगै बसेर जाँड खाएर रमाईलो गर्ने र यस्सो अनौपचारिक गफसफ हान्ने बाहेक केहि गम्भिर छलफल भएन ।

krishna-shrestha-in-spain-6

महामहिम मोहन क्रिष्ण श्रेष्ठले बरु अंग्रेजी नयाँ वर्षको अवशरमा खुब रमाईलो गर्नु भयो । मुखमा रङसङ घस्नु भयो । मास्क जस्तो लगानुभयो । ठट्टिनु भयो । उता परराष्ट्र मन्त्रालयमा औपचारिक कामकालागि भनेर भत्ता र भ्रमण मिलाउनु भएको थियो । यता पत्नीसित हनीमुन मनाउन गए झैं बिताउनु भयो । नेपालीका समस्या ज्युँका त्युँ रहे ।

krishna-shrestha-in-spain-3

तर फर्केपछि उहाँको नाममा गज्जबको लेख छापियो । स्पेन खबर डट कममा । बल्ल नेपालीले थाह पाए, उहाँ गतिलो लेखकपनि हुनुहुँदो रहेछ भनेर । आफूले होटेलमा बसेको । मस्ति गरेको । उता दुतावासबाट अनौपचारिक बिदामा कामकालागि आएका महामहिमले पत्नीसित मज्जाले घुमेको, देखेको कुरा हाकै लेख्नु भएको छ । यसरि उहाँले निकै गम्भिर कूटनितिक मर्यादा, सिप र ज्ञान देखाउनु भयो । उहाँको लेखा देखेर धेरै नेपालीले भने ‘ओहो कूटनिति त यस्तो पो हुने रैछ । कति सिपालु रहेछन् मोहनक्रिष्ण महामहिम कूटनितिमा ।’

mohana-krishna-shrestha-in-spain-2

नेपालीका अनेक समस्या छन् । पासपोर्ट बनाउँदा सास्ति खेप्नुपर्छ । तर त्यसमा महामहिमलाई वास्तै भएन । कुनै निर्णय भएन । दुख पाउने नेपालीसित कुनै बहस गरिएन । उहि जाँड पार्टीमा बसेकासित गरेको अनौपचारिक कुराकानीले कसरि नेपालीका समस्या सामधान होलान् ? नजिक जाने, टाँसिनेका, तिनका आउरे बाउरेका काम त महामहिमले भन्नासाथ गरिदेलान् । निमुखा नेपालीको समस्या कसले बुझ्ने ? परराष्ट्र मनत्रालयले के हेरेर बस्छ ? महामिमको भोजभतेर त सकियो । फर्किनु भो । तर स्पेनका नेपालीहरु भने महामहिमको नालायकी पारा देखेर छक्क परेका छन् ।

महामहिमको भ्रमणबारे उहाँको नाममा स्पेन खबर डटकममा तलको लेख पढ्नुस् ।

स्पेन भ्रमण: एक रमणीय अनुभूति

मोहनकृष्ण श्रेष्ठ

mohankrishna-shrestha-in-spain-1

स्पेनका लागि गैरआवासीय राजदूतको हैसियतले वार्सिलोना तथा मेड्रिक शहरको भ्रमण गर्दा राम्रो प्रभाव छोडियो। वार्सिलोनामा सन् २०१२ को डिसेम्बर महिनामा एनआरएन स्पेनको आयोजनामा गरिएको अन्तरक्रिया कार्यक्रमले गर्दा त्यहाँ रहेका नेपालीहरुको विद्यमान समस्याहरूको बारेमा जानकारी प्राप्त गरी सोको निराकरण तथा न्यूनिकरण गर्न कदम चालिएकोमा पनि राम्रै प्रतिक्रिया हासिल भएको थियो।

यसै प्रसङ्गमा एनआरएन स्पेनका अध्यक्ष एकराज गिरीले ‘स्पेनअन्तर्गत रहेको गे्रल क्यारियामा पनि थुप्रै नेपाली रहेकोले सरले एकपटक भ्रमण गरिदिनुभएमा राम्रो हुने थियो’ भन्दै आग्रह गर्नुभयो। त्यहाँ केही समयअगाडि एनआरएनको शाखा पनि गठन गरिएको रहेछ। सोही सुझाव तथा अनुरोध बमोजिम २९ डिसेम्बरका दिन म तथा मेरी श्रीमती एकाविहानै मोहिलिङ एयरलाइन्सबाट लासपाल्मासका लागि उड्यौा। चार घण्टा १५ मिनेटको फ्लाइट आरादायी नै रह्यो। लासपाल्मासको एयरपोर्टमा एन आर एन , क्षेत्रीय समिति ग्रान्क्यनारियाका अध्यक्ष नारायण रेग्मी लगायत अन्य पदाधिकारीले हामीलाई स्वागत गर्नुभयो। त्यसपछि हामी सिधै होटल प्रिन्सेसतिर लाग्यौं। भरखर खोलिएको सो होटलको विल्डीङ बडा आकर्षक लाग्यो।

वर्षभरि नै रमणीय मौसम हुने भएकोले यस टापुलाई विश्वको सर्वोत्तम मौसम भएको ठाउँ मानिने रहेछ। पेरिसबाट २ हजार ७ सय ५१ किलोमिटर टाढा एटलान्टिक समुद्रमा पश्चिम अफ्रिकन महादेशको मौरितानिया तथा मोरक्कोबाट नजिक रहेको यस टापुको क्षेत्रफल सय किलोमिटरमा फैलिएको रहेछ। क्यानरी टापु समुहको दोस्रो ठूलो टापु यस  ग्रयान क्यानेरियामा वर्षको ५० लाख पर्यटक विभिन्न देशबाट भ्रमणमा आउादा रहेछन्।

सांझपख नेपालीहरुको घनावस्ती भएको इलाका पोयर्टोरिको घुमघाम गर्यौं । अनगिन्ती पसल तथा रेष्टुराहरुले भरिभराऊ सो इलाकामा प्रायजसो सबै विदेशीहरु घुम्न आउदारहेछन्। वारिपारी साना होचा डाँडाहरुलाई खोपेर साना आकर्षक घरहरु बनाइएको देखियो। विभिन्न पसलबाट घन्कीदै आएका संगीत तथा खानाका वास्नाका कारण हिड्दा समय गएको पत्ता हुदोरहेनछ।

लासपालमासमा नेपालीको संख्या करिब २ सय जनाजति भएको र हाल नेपालीको आगमन क्रमशः बढ्दै गएको आभास भएको रेग्मीजीले बताउनुभयो। सन् १९९८ मा त्यस टापुमा पुग्ने नेपाली रेग्मीजी नै पहिलो हुनुहुंदोरहेछ। उहाँले रेष्टुरेन्ट व्यवसाय गरि बस्नुभएको कुरा पनि अवगत भयो। नयाँ तथा पुराना ग्राहकले खचाखच भरिएको रेग्मीजीको रेष्टुरामा नेपाली तथा अन्य खानाको पनि रसस्वादन गर्न सकिने रहेछ। उहाँले धेरै नेपालीहरुलाई मद्दत गर्दै आएकोले एक प्रकारको अभिभावकको भूमिका पनि खेल्दै आएको बुझियो। धेरैजसो नेपालीहरू विभिन्न पेशामा सक्रिय भएका तर केही व्यक्ति भने रेष्टुरेन्ट तथा अन्य पसलहरु खोली जिविकोपार्जन गरी त्यहां रहेको देखियो। भरत श्रेष्ठले चाहिं नेपाली कपडाको तयारी पोशाक खोलेको र पोशाकमा अंग्रेजीमा ‘बुद्ध वाज बर्न इन नेपाल′ भन्ने ट्याग राखेर बुद्ध तथा लुम्बिनीको प्रचारप्रसारमा सक्रिय रहेको पाउँदा अति खुशी लाग्नुका साथै गर्व महसुस भएर उहाँलाई धन्यवाद ज्ञापन गरें। आफ्नो देशबाट यति टाढा टापुमा बसेर पनि आफ्नो देशको हित प्रवर्द्धन गर्न उहाँको मन तथा प्रयासलाई अनुकरणिय मान्नै पर्दछ। त्यस्तै, दानबहादुरजीले पनि ठूलो पसल राखेर प्रगति गरेको देखियो। दिपेन्द्र श्रेष्ठको रेष्टुरेन्टमा खान आएका केटी पाहुनाहरुले नै रमाइ–रमाइ रेष्टुराका ग्राहक निम्त्याइरहेका दृष्य पनि साहै्र रमाइलो लाग्यो। लासपालमासमा रहेका नेपालीहरुका बीचमा आत्मीयता, स्नेह, भाइचारका अलावा आपसी सहयोगको भावना प्रसस्तै रहेछ। ‘यसपालीको दशैंमा तीनवटा खसी काटेर खुशीयालीका साथ मनायौं सर’ भनि फोटोहरु देखाउँदा विदेशी टापुमा बसेर पनि आफ्नो संस्कृतिको जगेर्ना गरी रमाइरहेका मित्रहरुलाई मनमनै धन्यवाद दिएं। औसत रुपमा त्यहाँ बसोबास गरी बसेका नेपालीहरुले आउने दिनमा अझ तरक्की गर्ने आशा गर्न सकिन्छ।

वि।सं। २९ डिसेम्बर २०१३ का दिन एनआरएनले एउटा अन्तरक्रिया कार्यक्रम गरेर सहसचिव दिपेन्द्र श्रेष्ठले राहदानी तथा अन्य कन्सुलर समस्याका बारेमा प्रकाश पार्नुभएको थियो। श्रीकृष्ण कँडेलले राजदूतबाट यसरी भ्रमण हुनु साह्रै स्वागतयोग्य कुरा भएको र आउने दिनमा नेपालीको संख्या दिनदिनै बढ्दै जाने देखिएकोले राजदूतावासबाट सक्रिय सहयोग पाउने विश्वास राख्नुभयो। साथै एन आर एन , क्षेत्रीय समिति ग्रान्क्यनारियाका अध्यक्ष नारायण रेग्मीले अब आउने दिनमा राजदूतावाससँग निकट सम्बन्ध राखी नेपालीहरुका समस्याहरु सल्टाउन सजिलो हुने आफ्नो धारणा राख्नुभयो। प्रतिउत्तरका मैले लासपालमासमा पाएको न्यानो स्वागतको लागि धन्यवाद दिँदै राजदूतावासबाट परिआएका समस्या समाधानका लागि सदा तत्पर रहने विश्वास देखाउँदै सरकारले कार्यान्वयन गर्दै आएको आर्थिक कुटनीतिक उद्देश्यमाथि प्रकाश पारें। खासगरी त्यहाँबाट नेपालमा पर्यटन प्रवद्धन गर्न र नेपाली निकासीयोग्य वस्तुहरुको प्रवर्द्धन गर्न कार्यहरु हुनुपर्ने, नेपाल र नेपालीलाई माया गर्ने उपयुक्त व्यक्ति भएमा अवैतनिक वाणिज्यदूत नियुक्त गर्न सकिने धारणा पनि राखें। सो कायृक्रममा नेपाली बच्ची धर्मपुत्री पालेका मिस्टर जाभिमरको पनि उपस्थिति रहेको थियो। दुई दिनको छोटो तर रमाइलो भ्रमण सकाई हामी ३० डिसेम्बर २०१३ का दिन विहानै वार्सिलोनातर्फ उड्यौं।

समुद्रको किनारमा रहेको वार्सिलोना शहरमा नेपालीको बाक्लो वस्ती छ। यो शहरमा सन् १९९२ मा ओलम्पिक गेम्सको आयोजना भएको थियो। किस्टोफर कोलम्वसले सन् १४९२ मा अमेरिका पत्ता लगाउन समुद्रीयात्रा सुरु गरेको पोर्ट सडकछेउमै देखिन्थ्यो। साथै उहाँले आफ्नो गन्तव्य स्थान जानुअगाडि आंैलाले यसतर्फ जानेभनि दिशा औंल्याइएको मूर्ति पनि सडकको बीचमै प्रस्तिस्थापन गरी राखेको रहेछ।

सांझ एनआरएन स्पेनले एउटा अन्तरक्रिया कर्याक्रमको आयोजना गरेको थियो। सो अवसरमा उपाध्यक्ष निरज पोखरेलले राहदानी तथा अन्य कन्सुलर समस्याको सम्बन्धमा जानकारी गराउनु भयो। केही संस्थाका प्रतिनिधिहरुले पनि आफ्नो धारणा राखेका थिए। राहदानी तथा अन्य कन्सुलर समस्याले गर्दा केही अलपत्र देखिएकोमा एनआरएनका पदाधिकारीहरुले नै जानकारी प्रदान गरेका थिए।

मैले राजदूतावासको तर्फबाट सहयोग प्रदान गरी नेपालीहरुले परिवार ल्याउंदा भोग्दै आएका समस्या समाधान गरिदिएको कुरा सन्दर्भवश सबैलाई स्मरण गराएं। साथै आगामी दिनमा पनि एनआरएनसँग सहकार्य गर्र्दै नेपाली नागरिकहरूको समस्या समाधान गर्न तत्पर रहने विश्वास दिलायौं। अन्तरक्रियाले गर्दा कतिपय समस्याहरु उजागार गर्न मौका मिल्यो। साथै तिनलाई समाधान गर्ने कार्यहरु भइआएकोमा त्यसमा तीव्रता आउने भयो। यसपालीको वर्सिलोना भ्रमणताका मोन्टेसर्राटमा रहेका प्रख्यात प्राकृतिक ढुंगाका दृश्यहरू अवलोकन गर्ने मौका पनि जुर्योा ।

लेखक फ्रान्सका लागि नेपाली राजदूत हुनुहुन्छ

http://www.spainkhabar.com/%E0%A4%B8%E0%A5%8D%E0%A4%AA%E0%A5%87%E0%A4%A8-%E0%A4%AD%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%E0%A4%A3-%E0%A4%8F%E0%A4%95-%E0%A4%B0%E0%A4%AE%E0%A4%A3%E0%A5%80%E0%A4%AF-%E0%A4%85%E0%A4%A8%E0%A5%81%E0%A4%AD/

तपाइँको प्रतिक्रिया